• काठमाडौँ, १२ असोज । पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता बामदेव गौतमलाई उपनिर्वाचन लडाएर प्रतिनिधिसभामा ल्याउने प्रयास व्यापक रुपमा भएको छ ।

    गत मंसिरमा भएको निर्वाचनमा गौतमलाई चुनाव हराउन तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओली नै लागेका थिए ।

    स्वयं ओली र उनको गुटका नेताहरु भने गौतमलाई उपनिर्वाचन उठाउने स्थान बन्नै नदिन लागि परेका छन् । यसले नेकपामा तरङ्ग पैदा गरेको छ ।

    नेकपाका नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाललाई आपूmले प्रधानमन्त्री बनाएको नेकपाका अध्यक्ष पुष्पकमल दाहालले संसदमा बताइसकेका छन् ।

    उनै दाहालको जोडबलमा गौतमलाई सांसद् बनाई प्रधानमन्त्री बनाउन प्रयत्न गरिएको चर्चा कता कता सुन्न पाइन्छ । व्यक्तित्व एवं क्षमताका हिसाबले गौतम, नेपाल र खनालभन्दा अग्रपंक्तिमा आउछन् ।

    नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र सचिवालयका सदस्यहरुले चासो नदिएपछि डोल्पाबाट उपनिर्वाचनमार्फत् चुनाव लड्ने सपना लगभग समाप्त भएको छ ।

    पूर्वीरुकुम र प्यूठानबाट पनि गौतमलाई नछाड्ने संकेत पाएपछि अहिले बाँके(१ र दैलेखले चर्चा पाएको छ । आफ्नो खुट्टामा गौतमले बन्चरो हान्न सक्ने आँकलन गरेर ओलीले चासो नदेखाएको स्रोत बताउँछ ।

    राष्ट्रियसभाको सांसद् बन्न छाडेर गौतमले उपनिर्वाचनमार्फत् सांसद् भई प्रधानमन्त्री बन्ने ध्याउन्नमा लागेको भन्दै ओलीले गौतमको सपना कुनै पनि हालतमा पुरा हुन नदिने सोचका साथ बसिरहेका छन् । अभियान टाइम्सका साथमा ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…