• काठमाडौं । कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना छानविन गर्न बनेको सहसचिव नेतृत्वको उच्चस्तरीय छानविन समितिको प्रतिवेदनले घटनाको दोषी किटान नगरी प्रतिवेदन बुझाएको छ ।

    दोषी किटान नगरेपछि सो प्रतिवेदन अस्वीकार गर्ने चेतावनी सरोकारवालाहरुले दिएका छन् । सरोकारवालाहरुले छानविन समितिको प्रतिवेदन तत्काल सार्वजनिक गर्न पनि माग गरेका छन् ।

    निर्मलाका बाबु यज्ञराज पन्तले समितिको प्रतिवेदनले न्याय पाउनेमा आशंका रहेको बताउदै भने ‘उच्चस्तरीय छानविन समितिले बुझाएको प्रतिवेदनमा पूर्ण विश्वास हुने अवस्था छैन ।

    प्रतिवेदनबाट न्याय पाउने आशा छैन । प्रतिवेदनले मुख्य दोषी एसपी डिल्लीराज विष्टलाई ठहर गर्दै प्रमाण नष्ट गर्ने विष्टलाई कारबाही गर्नुपर्ने उल्लेख गरेको छ । बलात्कारी र हत्यारालाई सरकारले कहिले कारबाही गर्छ ?

    प्रतिवेदनले दोषी को हो भनेर भन्न सकेको छ कि छैन ? सबैको चासो त्यो हो । न्याय खोजेका छौँ’ निर्मलाका बुबा यज्ञराजले भने ।

    उच्चस्तरीय छानविन समितिका सदस्य वीरेन्द्र केसीले प्रधानमन्त्री केपी ओली अमेरिकाबाट आएपछि गृहमन्त्री रामबहादुर थापालाई बुझाइएको प्रतिवेदन सल्लाह गरेर सार्वजनिक गर्ने उल्लेख गरे ।

    ‘क-कसको कमजोरी छ हामीले प्रतिवेदनमा लेखेका छौं’, केसीले भने, ‘निर्मलालाई बलात्कार गरेर हत्या गरिएको छ ।

    दोषीहरू को-को हुन् नाम छ । हामी जाँदा हत्याको एक महिना भइसकेको थियो । हामीले भेटाएका र प्राप्त कुरा कसरी भयो भनेर राय सुझाव सहित प्रतिवेदनमा राखिएको छ ।’

    प्रतिवेदनले अनुमानका बारेमा केहि पनि भनेको छैन । ‘हामीले अनुमानका भरमा केही भनेका छैनौँ । निर्मलाका बाबुआमाले पनि किटानी जाहेरी दिएका छैनन्’, केसीले भने, ‘यस्तो अवस्थामा हामीले कसरी दोषी तोक्ने ? हामीले प्रमाणका आधारमा प्रतिवेदन तयार पारेका छौँ । दोषी तोकेका छैनौँ ।’

    उच्चस्तरीय छानविन समितिले मंगलबार निर्मला पन्तको बलत्कारपछि हत्या भएको विषयमा आफ्नो प्रतिवेदन गृहमन्त्री थापालाई बुझाएको थियो ।

    समितिको प्रतिवेदन सार्वजनिक नगरेर गृहमन्त्री थापाले लुकाएर राखेपछि आलोचना भएको छ । पीडित पक्षले पनि समितिको प्रतिवेदनबाट न्याय पाउनेमा आशंका जनाउँदै आएका छन् । अभियान टाइम्सका साथमा ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…