• असोज १३, धनगढी । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्याकाण्डबारे उच्चस्तरीय छानबिन समितिले पेश गरेको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै महेन्द्रनगरमा धर्ना सुरु भएकाे छ ।

    महेन्द्रनगरको मदनचोकमा शनिबारदेखि अनिश्चितकालिन धर्ना सुरु गरिएको हो । निर्मला हत्याबारेको प्रतिवेदन सार्वजनिक गर्न दबाब दिन धर्ना बस्न बाध्य भएको अधिकारकर्मी माया नेगीले बताईन् ।

    प्रतिवेदन सार्वजनिक नगरेर सरकारले बलात्कारीलाई बचाउन खोजेको उनको आरोप छ । प्रतिवेदन सार्वजनिक गरेर दोषीलाई कारबाही नगरेसम्म धर्ना जारी रहने उनीहरुले बताएका छन्। मृतक निर्मलाका बुवा यज्ञराज पन्तले पनि तत्काल प्रतिवेदन सार्वजनिक गरेर दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।

    गृहमन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा गत भदौ ७ गते गठन गरेको उच्चस्तरीय छानबिन समितिले घटनाबारे एक महिना अध्ययन गरी तयार पारि गृहमन्त्री राम बहादुर थापालाई बुझाएको प्रतिवेदन सार्वजनिक गरिएको छैन । प्रतिवेदनले छानविन समितिले अनुसन्धान गर्दा गल्ती गरेकाे अाैल्याएकाे थियाे ।

    यसैगरी पन्तको बलात्कारपछि हत्या भएको घटनाको छानविन प्रतिवेदन सार्वजनिक गरी दोषीलाई कारवाहीको माग गदै राजधानीकाे माइतीघर मण्डलामा समेत प्रदर्शन गरिएको छ ।

    निर्मला पन्तको न्यायका लागि स्वःस्फूर्त रुपमा मण्डलामा भेला भएका नागरिक अभियन्ताहरुले घटनाको छानविन प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेका थिए । घटनाको दुई महिना भइसक्दा पनि दोषी पत्ता नलाग्नु र छानविन समितिको प्रतिवेदन पनि सार्वजनिक नगर्नुले सरकार अपराधीको संरक्षणमा लागेको देखिएको भन्दै गृहमन्त्री र सरकारविरुद्ध चर्का नाराबाजी समेत गरेका थिए । प्रदर्शनमा विवेकशील शाझा पार्टीकी नेतृ रञ्जु दर्शना लगायतकाे समेत सहभागीता थियाे ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…