• भक्तपुर, १३ असोज । नेपाली काङ्ग्रेसका शीर्ष नेताले पार्टी विचार र चरित्रले बलियो हुने बताएका छन् ।

    नेपाली काँग्रेस भक्तपुरका स्व नेता जानकीप्रसाद कुँइकेलको स्मृतिसभामा उहाँहरुले असल बिचार दिने र चरित्र बचाउने जो कोही व्यक्ति कालन्तरसम्म स्मरणीय रहने धारणा व्यक्त गर्नुभयो ।

    नेपाली काँग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठले स्व कँुइकेलको सादगी जीवनको काँग्रेसका शुभचिन्तक, कार्यकर्ता एवं माथिल्लो नेतृत्वले सदैव ग्रहण गर्नुपर्छ भन्नुभयो ।

    उहाँले नेपाली काँग्रेसका सादगी नेता र निष्ठावान कार्यकर्ताको अथक प्रयासले नेपालमा राणा शासन, पञ्चायत व्यवस्था र राजतन्त्रको अन्त्य सफल भएको दाबी गर्नुभयो ।

    प्रजातन्त्र पुनःस्थापनाका लागि स्व कँुइकेलले भूमिसुधार कार्यालयको जागिर छोडेर राजनीतिमा लागेका थिए । त्यसबेला उहाँ खरिदार हुनुहुन्थ्यो । जतिबेला त्यो पद र कार्यालयलाई सुनको फूलपार्ने कुखुरा मानिन्थ्यो ।

    पद र पैसाका लागि इमान बेच्न हुन्न भन्ने मान्यता राख्दै हरेक आन्दोलनमा निस्वार्थपूर्वक सक्रिय हुँदै उहाँले पटक–पटक जेल जीवन विताउनुपरेको थियो ।

    उहाँका सहपाठी तथा काङ्ग्रेसका वरिष्ठ नेता माथवरसिंह बस्नेतले स्व कँुइकेल निष्ठाको प्रयावाची भएको धारण व्यक्त गर्नुभयो ।

    नेपाली काङ्ग्रेस भक्तपुरका सभापति दुर्लव थापाले माथवरसिंह बस्नेत, जानकीप्रसाद कँुइकेल, ईश्वर घिमिरेलगायतका नेतालाई पञ्चायती सरकारले राजकाज मुद्दा लगाएर आजीवन जेल सजाय तोकिएको भन्दै २०३७ सालको जनमतसङ्ग्रह अगाडि भएको आम माफिमा उहाँहरु जेलबाट छुट्नुभएको बताउनुभयो ।

    काङ्ग्रेसका नेता शिवबहादुर खडकाले नेपालका हरेक आन्दोलनमा नेपाली काङ्ग्रेसले अग्रणी भूमिका निर्वाह गरेको उल्लेख गर्दै काङ्ग्रेसभित्र देखिएका चरम गुटबन्दीलाई हटाउनुपर्ने बताउनुभयो ।

    उहाँले स्व कुँइकेल नेपाली काङ्ग्रेस भक्तपुरको उत्तरी क्षेत्रका अग्रणी नेता भएको जानकारी पनि दिनुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…