• पालु, इन्डोनेसिया, १३ असोज : इन्डोनेसियामा आएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या झण्डै चार सय पुगेको छ ।

    सुलावेसी क्षेत्रमा आएको भूकम्प र त्यसपछिको सुनामीमा परी मृत्यु हुनेहरुको संख्या बढीरहेको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् ।

    अरु सयौँ जनाको अस्पताल उपचार भइरहेको उनीहरुको भनाई छ । घाइतेहरुको उद्धार गर्दै अस्पतालसम्म ल्याउने क्रममा पनि चलिरहेको बताइएको छ ।

    प्रकोप व्यवस्थापन सम्वन्धी कार्यालयका सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार सो समाचार लेख्दासम्म ३८४ जनाको मृत्यु भएको छ ।

    उनीहरु सवैको पालुमा मृत्यु भएको र मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने देखिएको अधिकारीहरुको भनाई छ ।

    सुनामी आएपछि मानिसहरु आत्तिएर चिच्याइरहेका र भागिरहेका थिए । एउटा मस्जिदमा पनि क्षति पुगेको बताइएको छ । अस्पताल, होटल र पसललगायतका हजारौं घरहरू भत्किएका छन् ।

    यस क्षेत्रमा अहिले विद्युत तथा सञ्चार सेवा अवरुद्ध भएका छन भने, पहिरोका कारण कतिपय मुख्य बाटोहरु अवरुद्ध भएका छन् ।

    शक्तिशाली पराकम्पनले उक्त सहरलाई निरन्तर धक्का दिइरहेको र सुलावेसी टापु हुँदै पालु शहर आएको सुनामीको छाल तीन मिटरसम्म अग्लो रहेको स्थानीय बासिन्दाले बताएका छन् ।

    इण्डोनेशियाको तटीय शहरमा शुक्रबार ७.५ म्याग्निच्यूडको शत्तिशाली भूकम्प आएपछि शक्तिशाली सुनामीले पनि आएको हो ।

    प्रहरी, सैनिक, प्रकोप व्यवस्थापनकर्ता, स्वयमसेवकलगायतले भूकम्प र सुनामी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारसँगै राहतका कामहरु पनि गरिरहेको छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…