• झापा । पूर्व उपप्रदान तथा गृह मन्त्री कृष्णप्रसाद सिटौलाले अहिलेको सरकारले जनताका लागि भन्दा पनि पार्टीका नेता कार्यकर्ताहरुलाई बलियो बनाउदै लगेको आरोप लगाउनु भएको छ ।
    नेपाल प्रेस युनियन झापाको नवौँ जिल्ला अधिवेशनलाई शनिवार विर्तामोडमा उद्घाटन गर्दै पूर्व गृहमन्त्री सिटौलाले सरकारले दुई तिहाइको दम्भ देखाएर आफु खुसी गरेर राज्यलाई अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाउनु भएको हो ।
    काग्रेस नेता समेत रहेका सिटौलाले जनताले निर्वाचनपछि पुरस्कृत होइन दण्डित हुँदै गएको बताउनु भएको छ ।
    ‘कम्नियुष्टको घेराउमा कांग्रेस परेको छ’ नेता सिटौलाले भन्नु भयो–‘कञ्चनपुरको घटनालाई समेत देशका प्रधानमन्त्री ओलीले ढाकछोप गरेर अपराधीलाई बचाउन लागि परेका छन् ।’
    सोही अवसरमा प्रजातान्त्रिक आन्दोलनमा योगदान दिने डिल्ली सिटौलालाई सम्मान गरिएको थियो । यसैगरी खगेन्द्र अधिकारी अग्रज पत्रकारिता पुुरस्कारबाट चिन्तामणी दाहाल र क्रियाशिल पत्रकारिता पुरस्कारबाट सुशिला ढकाललाई सम्मान गरिएको थियो । दाहाललाई नगद १५ हजार र ढकाललाई नगद १० हजारसहित सम्मान पत्रद्धारा सम्मान गरिएको थियो ।
    नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष कृष्ण हुमगाइको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व सांसद सुधिरकुमार सिवाकोटी, पूर्व सांसद महिन्द्रा लिम्बू, नेपाली काङ्ग्रेसका कार्यवाहक जिल्ला अध्यक्ष राम कट्टेल, नेपाल प्रेस युनियनका केन्द्रीय महासचिव अजयबाबु सिवाकोटी, केन्द्रीय उपाध्यक्ष बाला अधिकारी, कोषाध्यक्ष सरोजराज अधिकारी, केन्द्रीय प्रतिनिधि उद्धव तिम्सिना, नेपाली कांग्रेसका नेता देउमान थेवे, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटालगायतले बोलेका थिए ।
    जिल्ला उपाध्यक्ष इन्दु पूर्वेलीले स्वागत गरेको कार्यक्रमको सञ्चालन जिल्ला सचिव गिरीराज भट्टराईले गरेका थिए ।
    अधिवेशनले आगामी ४ वर्ष कार्यकालका लागि नया नेतृत्व समेत चयन गर्नेछ ।



सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…