• १३ असोज, पोखरा । रातोकलम

    दिनानुदिन महिला हत्या र बलत्कारका घटना बढ्दै गईरहेको भन्दै अखिल क्रान्तिकारी प्रदेश-४ ले अश्लील तस्बीर प्रकाशन गर्ने गरेको भन्दै शुक्रबार साप्ताहिक जलाएको छ ।पत्रपत्रिकाले अश्लील तस्बिर प्रकाशनगरि समाजमा पठाउदा महिलाहरु प्रति नकरात्मक दृष्टी जानेगरेको र जस्ले गर्दा महिलाहरुलाई बिकाउको रुपमा हेरीने गरेको छ । जस्ले गर्दा महिलामाथि हुने बलत्कारका घटनाहरु बढेको र त्यस्ता किसिमका सामाग्रीहरुले बलत्कारी हरुलाई प्रोत्साहन समेत मिल्ने गरेको भन्दै शुक्रबार साप्ताहिक जलाएको अखिल क्रान्तीकारी प्रदेश नं ४ का संयोजक क्षितिज सापकोटाले जानकारी दिए ।

    अखिल क्रान्तीकारीका केन्द्रीय सचिव समेत रहेका नेता सापकोटाले कार्यक्रमलाई सम्बोधन गर्दै भने , “हामीले भर्खर मात्र एउटा साप्ताहिक पत्रिका जलाएका छौं,जुन पत्रिकाले महिलालाई नाङ्गै फोटो बनाएर छापेको छ र यो समाजमा पठाएको छ । हामिलाई यो पनि थाहाँ छ कि पत्रिका जलायो भने मुद्दा लाग्छ ।,

    सापकोटाले समाजलाई परिवर्तन गराउनको लागि अफ्हरु जस्तोसुकै हजारौ मुद्दा खेप्न पनि तयार रहेको बताए ।आफ्नै नेतृत्वको दुई तिहाई सरकार भएता पनि अखिल क्रान्तीकारी यस्ता घटनाहरुको सधै बिरोध गर्ने छ , अश्लील फोटो तथा सामाग्रीहरु समाजलाई मान्य नहुने र आफुहरुले सांकेतिक रुपमा बिरोध स्वरुप पत्रिका जलाएको बताउदै आउदा दिनहरुमा यस्ता अश्लील सामाग्री प्रकाशन गर्न नरोके सम्पादकहरुलाई भौतिक कार्वाहि गर्ने चेतावनी समेत दिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…