• काठमाडौं । यायोक्खाको केन्द्रीय कार्यवाहक अध्यक्ष दिवस राईले १ नम्बर प्रदेश नामकरणको लागि अन्तिम धक्का दिन तयार रहन प्रदेशवासीहरूलाई आव्हान गरेका छन् ।
    किरात राई विद्यार्थी संघको यालाखोम राज्य समितिको आज (असोज १३) काठमाडौं कोटेश्वर स्थित सुम्निमा हलमा आयोजित १० औं सम्मेलन उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष राईले सो कुरा बताएका हुन् ।

    किरात प्रदेश जातिगत आधारमा नभएर भूगोल, इतिहास, सभ्यताको आधारमा प्रस्ताव गरिएको कार्यवाहक अध्यक्ष राईले दोहो¥याए । भूगोलबासीको आत्मसम्मानको लागि किरात प्रदेशको प्रस्ताव गरिएको राईको भनाइ थियो । उक्त प्रस्ताव लिएर देशको स्थापित सवै पार्टीका नेताहरू, प्रधानमन्त्री, प्रदेशको मुख्यमन्त्री, दलका नेताहरू, प्रदेश सभा सदस्य लगायत सवैसँग भेटेर प्रस्ताव वारे जानकारी गराइसकेको राईले बताए ।

    प्रदेशको नाम बारे मुख्यमन्त्री शेरधन राईले परामर्श शुरू गरेको सूचना आएको भन्दै किरात प्रदेश चाहने सम्पूर्ण प्रदेशवासीहरूले अन्तिम धक्काको लागि तयार रहन कार्यवाहक अध्यक्ष राईको आव्हान गरेका हन् । भूगोलमा जनप्रदर्शन, धर्ना, विज्ञहरूसँगको भेटघाट, नेता तथा सरकार प्रमुखसँग भेटघाट, प्रदेश सभा सदस्यहरूसँग समन्वय लगायतको कार्यक्रम लिएर प्रदेशमा केन्द्रीतहुनु पर्ने राईको भनाइ छ । राजनीतिक दल, सामाजिक संस्था, यायोक्खाका सम्पूर्ण भातृ संगठनहरूलाई केही समय भूगोलमै केन्द्रीत हुन आव्हान गरेका हुन् ।

    सोही कार्याक्रममा किरात राई विद्यार्थी संघका निवर्तमान केन्द्रीय अध्यक्ष अर्जुन जम्नेली राईले किरात प्रदेश नआएसम्म युवा विद्यार्थीहरू आन्दोलित हुनुपर्ने बताए । किरात नामकरण नगरिए सशक्त र दीर्घकालीन आन्दोलनको तयारीमा लाग्नुपर्ने पूर्व अध्यक्ष राईको भनाइ थियो । अर्को प्रसंगमा विद्यार्थी आन्दोलनको साझा एजेण्डा पहिचान, समानुपाति, समावेशी राज्य व्यवस्थाहुनु पर्ने र त्यसको नेतृत्व राई विद्यार्थीहरूले गर्नुपर्ने बताए ।

    यालाखोम राज्य समितिका अध्यक्ष प्रविणा राईको सभापतित्वमा भएको कार्यक्रममा संघका केन्द्रीय उपाध्यक्ष जितेन राई, किरात राई पत्रकार संघका केन्द्रीय उपाध्यक्ष अवतार राई, किरात राई चाम्लिङ खाम्वातिमको तर्पmबात राजुविक्रम राई लगायतले सम्मेलन सफलताको शुभकामना दिएका थिए ।
    उपत्यकामाको २५ भन्दा बढी क्याम्पसबाट उपस्थित प्रतिनिधिहरूले नयाँ कार्यसमिति चयन गर्ने यालाखोम राज्य समितिका सचिव भीम दुमी राईले बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…