• धनगढी — सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी कैलालीको गोदावरीमा राख्ने निर्णयको बिरोधमा अस्थायी राजधानी रहेकाे धनगढी बजार क्षेत्र दुई दिनदेखि बन्द गरिएकाे छ ।

    बन्दका कारण आइतबार पनि बिहानैदेखि धनगढी बजार ठप्प छ । सार्वजनिक यातायातका साधनहरु सञ्चालन भएका छैनन् ।

    मोटरसाइकल, साइकल र विद्युतीय रिक्सा भने फाट्टफुट्ट सञ्चालन भएका छन् । लामो दुरीका यातायातका साधनहरुको आवतजावत पनि प्रभावित भएको छ ।

    शिक्षण संस्था पनि चलेका छैनन् ।चाडपर्वको मुखमा बजार बन्द गराउने रहर नभएपनि निर्णय प्रक्रिया न्यायोचित नभएकाले बन्द गर्नुको विकल्प नभएको आन्दोलनका अगुवा हरि रेग्मीले बताए ।

    रेग्मीले सत्तापक्षले बहुमतको आडमा संसदीय परम्परालाई लत्याएको आरोप लगाए । नागरिक समाज संघर्ष समितिको आव्हानमा बजार क्षेत्र बन्द गराइएको हो ।

    शुक्रबार प्रदेश सभाको दुई तिहाई बहुमतबाट प्रदेशको नाम सुदूरपश्चिम र राजधानी गोदावरीमा राख्ने निर्णय पारित गरेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…