• काठमाडौं, १४ असोज । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्ती केपी शर्मा ओलीविरुद्ध विद्रोह गर्ने संकेत देखिएका छन् ।

    उनले पार्टीको प्रदेश र जिल्ला कमिटीमा दिइएको जिम्मेवारीप्रति असन्तुष्टि राख्दै पार्टीभित्र देखिएको ओलीवादको अन्त्य गर्न आवश्यक भएको बताएका छन् ।

    वरिष्ठ नेता नेपालले प्रदेश नेतृत्व चयनसम्बन्धी केन्द्रीय सचिवालयको पछिल्लो निर्णय अस्वीकार गर्दै पूर्वसम्झदारी विपरीत स्थायी समितिलाई बाइपास गरेर प्रदेश संगठन कमिटीको नेतृत्व चयन गरिएको निर्णय नमान्ने संकेत गरेका छन् ।

    सत्तारुढ नेकपामा केपी ओली र पुष्पकमल दाहालपछि तेस्रो वरियतामा रहेका वरिष्ठ नेता नेपालले अहिलेसम्म दलको मुख्य नेताको भूमिका निर्वाह गर्दै संसद्मा र बाहिर सरकारको बचाउ गर्दै आएका छन् । तर, पछिल्लो समयमा उनले सरकारको सत्तोसराप गरेका छन् ।

    नेपालले संसद् अधिवेशन अन्त्य गर्ने दिन प्रतिनिधिसभाको रोस्टममा प्रतिपक्षी दलको नेताको भूमिका निर्वाह गरेका छन् । नेता नेपालले सरकारको कार्यशैलीप्रति व्यापक असन्तुष्टि पोख्दै प्रधानमन्त्री ओलीको कडा आलोचना गरेका थिए ।

    सरकार विरोधी गतिविधिका रुपमा नेता नेपालले अस्ति शुक्रबार नेकपाका स्थायी समिति सदस्यहरुलाई इन्द्रेणी फडल्यान्डमा चियापन पनि गराएका छन् । उक्त चियापन कार्यक्रममा उनले आफ्ना असन्तुष्टिहरुका बारे छलफल गरेका छन् ।

    सत्तारुढ दलकै प्रमुख नेताले संसद्भित्रै सरकारको आलोचना गरेको यो पहिलो पटक हो । लामो समयदेखि पार्टीमा भन्ने र बोल्ने ठाउँ नपाएका कारण नेता नेपालले सरकारले गर्ने कामबारे पार्टी बेखबर रहेको भन्दै आलोचना गरेका थिए ।

    प्रतिनिधिसभाको अर्को बैठकमा नेकपा नेता विरोध खतिवडाले पनि वरिष्ठ नेता नेपालको भन्दा चर्को गरी सरकारको आलोचना गरेका थिए । सरकारको अनुहार देख्दा पनि लाज लाग्ने अवस्था आएको भन्दै खतिवडाले आक्रोश पोखेका थिए ।

    खतिवडाका अनुसार पार्टीभित्र अहिले निर्णय गर्ने तहमा दुई अध्यक्ष मात्र हावी छन् । केन्द्रीय समिति, स्थायी समिति र सचिवालय बनेका छन् । तीमध्ये केन्द्रीय समिति र स्थायी समिति राजनीतिक निणृय लिने र सविचलाय निर्णय कार्यान्वयन एवं दैनिक काम गर्ने थलो भएका छन् ।

    अहिले केन्द्रीय समिति र स्थायी समिति निष्क्रिय छन् । बैठक नै बसेका छैनन् । सचिवालयमा सामान्य छलफल हुन्छ र त्यसपछि दुई अध्यक्षले निर्णय गर्ने गरेका छन् । दुई अध्यक्षको यो हस्तक्षेपका कारण पनि नेकपामा चर्को असन्तुष्टि बढेर गएको छ ।

    सरकारविरुद्ध सबै तिरबाट घेराबन्दी भइरहेको महसुस अन्य नेताहरुले पनि गरेका छन् । प्रधानमन्त्री ओली नै घेराबन्दी तोड्दै सरकारको पक्षमा बोल्न नेताहरुलाई पटक पटक अनुरोध गरिरहेको अवस्थामा नेता नेपालले ओली विरुद्ध नै विद्रोहको चेतावनी दिएका छन् ।

    तत्कालीन एमालेमा ओली नेतृत्वमा आएपछि नेता नेपालले उनको कार्यशैलीमाथि प्रश्न उठाउँदै आएका थिए । तर, पछि माओवादीसँग एकता हुने बेला ओली र नेपालको समबन्धमा केही सुधार आएको थियो । पछिल्लो समय केही निर्णय र व्यवहारले नेपाल ओलीसँग बढी चिढिएका छन् ।

    यसअघि अध्यक्षहरु विदेश जाँदा नेपाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको थियो । यसपटक ओली ६ गते अमेरिका जाँदा नेपाल स्वदेश आइसकेका थिएनन् । नेपाल ९ गते फर्के ।

    अर्का अध्यक्ष दाहाल १० गते सिंगापुर गए । यस्तो बेला दुई अध्यक्षले वरिष्ठता आधारमा नेपालाई कार्यवाहकको जिम्मेवारी दिनुपथ्र्यो । यस्तै घटनाक्रमले मलजल गरिरहेको नेपालको असन्तुष्टि छरपस्टै बनाएको छ । नेपालले तत्काल स्थायी कमिटीको बैठक बोलाउन पनि माग गरेका छन् ।

    परिष्ठ नेता नेपालले सविचलायको पछिल्लो निर्णयप्रति पार्टी केन्द्रीय सचिवालय र स्थायी समिति बैठकमा असहमति राख्ने तयारी गरेका छन्, देशान्तरमा उल्लेख छ ।

    गलत निर्णयबारे असहमति सचिवालय र स्थायी समिति बैठकमा राख्न आफू निकटका नेताहरुलाई पनि उनले सल्लाह दिएका छन् । नेता नेपालले बोलेपछि अर्को नेता झलनाथ खनाल, वामदेव गौतम र भीम रावलले पनि ओली विरुद्ध मोर्चा बनाएर अगाडि जाने तयारी गरेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…