• काठमाडौं, १४ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र अहिले अध्यक्ष केपी शर्मा ओलीलाई पूर्व एमालेकै नेताहरु माधवकुमार नेपाल र वामदेव गौतमले घेराबन्दी हालेका छन् ।

    प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र अर्का पुष्पकमल दाहाल प्रचण्ड मुलुकबाहिर रहेको मौका छोपी बरिष्ठ नेता नेपालले शुक्रबार असन्तुष्ट पक्षको भेला बोलाए ।

    सो भेलाका बारेमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले अमेरिका भ्रमणबाटै खण्डन गरे । जुन विषयले पार्टी ठुलो स्थान पाएको छ ।

    उक्त भेलाले नेकपाभित्र ठूलो हलचल पैदा गरेको छ । अमेरिकामै रहेका अध्यक्ष ओलीले आफू दुई चार दिन देश बाहिर रहँदा मुलुक र पार्टी नै डुब्छ भनेर कसैले नठाने हुन्छ भन्दै माधव नेपालविरुद्ध कडा आक्रोश पोखेका थिए ।

    उनले सामाजिक सञ्जालमार्फत माधव नेपालप्रति यसरी आक्रोश पोखेका थिए,“मानिसको पतन त्यस समय शुरू हुन्छ, जब आफ्नैलाई ढाल्न पराईसंग सल्लाह लिन शुरू गरिन्छ !”

    प्रधानमन्त्री ओली निकट नेतासमेत रहेका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले त माधव नेपालको भेलाप्रति व्यंग्य गर्दै कडा आलोचना गरेपछि नेकपाभित्रको विवाद सतहमा पोखियो ।

    तर, योगेश भट्टराईले विष्णु रिमाललाई कडा जवाफ दिँदै ट्विटरमा यस्तो पोष्ट गरे,‘शत्ता र शक्तिको चुचुरोबाट हेर्दा अरु पतन भएको देख्दा रहेछन ! कठै दोसी चस्मा !’

    अहिले अध्यक्ष ओलीसँग प्रभावशाली नेता बामदेव गौतमपनि रुष्ट छन् । नेता गौतमले माधव नेपालको भेलामा उपस्थिति जनाईदिएर भेलालाई बैधानिकता प्रदान गरेको समाचारले पनि कम चर्चा पाएन् ।

    जुन चर्चाले ओलीलाई सिध्याउने खेल छताछुल्ल भएको बताइन्छ । ओहो माधव र वामदेव एकै कित्तामा भन्ने गरिन्छ ।

    वास्तवमा नेता गौतम अहिले ओलीसँग रुष्ट बनेर नेता नेपालसँग नजिकिएका छन् । आफूलाई सांसद बनाउन अध्यक्ष ओलीले कुनै सहयोग नगरेको उनको गुनासो छ । पार्टीभित्र ओलीलाई कमजोर बनाउन नेता नेपाल र गौतम दुवै एक ठाउँमा उभिएका छन् ।

    ओलीले शक्ति सञ्चय गरेको आरोप लगाउँदै आएका नेता नेपालले अब आफू सहने पक्षमा नरहेको भन्दै आफू निकटसँग पार्टीभित्र संघर्ष गर्नको लागि तयार रहन निर्देशनसमेत दिईसकेका छन् ।

    ओलीलाई पार्टीमा जुनसुकै हालतमा सिध्याउने अर्थात शक्तिबिहीन बनाउन माधव नेपाल यतिवेला दिनप्रतिदिन रणनीति बुन्न व्यस्त छन् ।

    अर्का नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल भने यतिवेला कुनैपनि पक्षमा खुलेर लागेका छैनन् । पार्टीमा आफूलाई बरियता दिने बेला नेता नेपालले झेल गरेकोमा उनी रुष्ट छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…