• विराटनगर, असोज १४ । गृहमन्त्री रामबहादुर थापा (बादल) ले शान्ति सुरक्षा खल्बल्याउने एवम् अस्थिरता उत्पन्न गर्ने पक्षलाई कारबाही गर्ने बताएका छन् ।

    विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्ने क्रममा गृहमन्त्री थापाले वर्तमान सरकार मुलुकको स्वाधिनताको रक्षाको पक्षमा रहेकाले देश टुक्र्याउन खोज्ने, शान्ति सुरक्षा खल्बल्याउने एवम् अस्थिरता उत्पन्न गर्ने पक्षलाई कारवाही गर्ने बताएका हुन् ।

    ‘विगत ६ महिनामा मुलुकमा शान्ति सुरक्षाको अवस्था सुदृढ भएको छ । मुलुकलाई विखण्डन गरी अस्थिरता फैलाउने अभियानमा लाग्ने राष्ट्रघातीलाई सरकारले कारबाही गर्छ ।’ उनले भने ।

    वर्तमान सरकारले राम्रो काम गरिरहेकाले पराजित तथा विगतका षड्यन्त्रकारीले अत्तालिएर सरकारलाई विभिन्न किसिमले घेराबन्दी गर्ने काम गरिरहेको उनको भनाइ छ ।

    मन्त्री थापाले विगतमा देशमा हुने गरेका बम विस्फोटन, बन्द हडताल लगायतका कार्य नियन्त्रणमा आएको दाबी गर्दै वर्तमान सरकारले जनतालाई शान्ति सुरक्षाको अनुभूति दिएको धारणा व्यक्त गरे ।

    साथै उनले निर्मला पन्त हत्या सम्बन्धी गठित उच्चस्तरीय छानबिन समितिले सरकारलाई प्रतिवेदन बुझाइसकेकाले घटनामा संलग्न दोषी चाँडै कारवाहीको प्रक्रियामा ल्याइने बताए । पन्तको बलात्कारपछि हत्या गरिएको प्रतिवेदन मन्त्रिपरिषद्मा छलफलपछि सार्वजनिक गरिने बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…