• कञ्चनपुर, असोज १४ । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणमा विवादित बनेका तथा शंकाको घेराबन्दीमा परेका एसपी डिल्लीराज विष्टसहित तीन जनाको डीएनए मेल नखाएको पुष्टि भएको छ ।

    पनिर्मला पन्तको बलात्कार प्रकरणमा विवादित बनेका एसपी डिल्लीराज विष्टसहित तीन जनाको डीएनए परीक्षणको रिपोर्ट आएको छ । तर, तीनै जनाको रिपोर्ट मेल खाएन ।

    घटनामा संलग्न भएको आशंकामा कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्ट, उनका छोरा किरण बिष्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्टका भतिज आयुष बिष्टको डिएनए परीक्षण गरिएको थियो । तर तीनै जनाको डिएनए म्याच नभएको प्रहरी स्रोतले जानकारी दिएको हो ।

    कञ्चनपुबासीले सुरुदेखि नै एसपी विष्टका छोरा र मेयरका भतिजमाथि छानविन गर्न माग गरेपछि उनीहरुको डिएनए परिक्षण गरिएको हो ।

    निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणमा प्रहरीको लापरवाही देखिएको भन्दै घटनाको उच्चस्तरबाट अनुसन्धान गर्न सरकारले छानविन समिति गठन गरेको थियो । छानविन समितिले घटनाको अनुसन्धान गरी प्रतिवेदन समेत बुझाइसकेको छ । प्रतिवेदनमा पनि प्रहरीकै लापरबाही भएको खुलेको थियो ।

    यसअघि प्रहरीले मुख्य अभियुक्तको रुपमा सार्वजनिक गरेको दिलिपसिंह विष्टको पनि डीएनए रिपोर्ट पनि म्याच गरेको थिएन ।

    गत साउन १० गते बलात्कारपछि हत्या भएकी निर्मलाका दोषी अझै पत्ता लाग्न सकेको छैन ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…