• न्यूयोर्क, १४ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले देशले हाम्रै पालामा कांचुली फेर्ने बताउनु भएको छ ।

    संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न न्यूयोर्कमा आउनुभएका प्रधानमन्त्री ओलीले कार्यक्रम यु स्टाट अगेनका लागि पत्रकार सूर्य थापासंग कुरा गर्दै देशले हाम्रै पालामा बिकास गर्ने बताउनुभएको हो ।

    सरकारले राम्रो गरेको भए पनि केहि तत्व बिरोधमा लागेको प्रधानमन्त्रीको भनाई छ । सरकारको बिरोध गर्ने र कुप्रचार गर्ने काम गर्नेहरुले भ्रम फैलाउन खोजे पनि सरकारले दिर्घकालिन र बर्तमान पनि राम्रा योजना लिएर अगाडि बढेको उंहाको भनाई छ ।

    गैर आवासीय नेपालीहरुले खोजेका सबै अधिकार प्राप्त गर्ने कुरामा बिश्वस्त हुन आग्रह गर्दै प्रधानमन्त्री ओलीले देशमा लगानि गर्न समेत आग्रह गर्नुभएको छ ।

    आफु अमेरिकामा आएको बेला नेपालमा माधव नेपाल लगायतका नेताले देश डुब्न लागेको भनेको भनाई प्रति प्रधानमन्त्री ओलीले आफु आए पछि ठिक हुने बताउनुभएको छ ।

    निर्मला हत्याकाण्ड, सिके राउत, समसामयीक बिषय लगायतका प्रश्न समेटिएको कार्यक्रम यु स्टाट अगेनको लिंक यंहा राखिएको छ

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…