उर्लाबारी । निजि तथा अवाशिय बिद्यालय अर्गनाईजेशन नेपाल (प्यावसन) रतुवामाईको बिश्वास ढकाल अध्यक्षमा सर्वसम्मत चयन हुनु भएको छ । प्यापसनको सचिवमा यामनाथ अधिकारी र कोसाध्यक्ष सुनिल सापकोटा रहनु भएको छ । यस्तै सदस्यहरुमा साबी आचार्य,दिबस राजबन्सी,खड्ग राजबन्शी र तेजनारायण रहनु भएको छ । कार्यसमितिका सबै सर्वसम्मत चयन भएका हुन । नगर भरिको शिक्षा तथा शिक्षक विद्यार्थीको हक हितका लागि सक्रिय रुपमा काम गरेर देखाउने अध्यक्ष ढकालले बताउनु भएको छ ।