• काठमाडौं , १४ असोज ।  प्रदेश नं. ३ को नाम नेवा–ताम्सालिङ र स्थायी राजधानी काभ्रे राख्न माग गर्दै आज काठमाडौँमा प्रर्दशन भएको छ ।

    नेवा–ताम्सालिङ समन्वय समितिको अगुवाइमा माइतीघर मण्डलमा सो प्रदर्शन भएको हो । प्रदेश नं ३ नेवा र तामाङको थातथलो तथा बाहुल्यता रहेकाले सोही अनुसार नामकरण हुनुपर्ने माग राख्दै समितिले शान्तिपूर्ण प्रदर्शन गरिएको छ ।

    यसबाट द्वन्द्व पनि मेटिने र पहिचान पनि भेटिने विश्वास समितिको छ । प्रशासनिक सुगमता, जनताको सहज पहुँच, केन्द्रीय राजधानीको सामिप्यता, भौतिक पूर्वाधारको अवस्था, पूर्व–पश्चिम तथा उत्तर–दक्षिण सडक राजमार्गसँगको सम्बन्ध र विकासको सम्भाव्यताका आधारमा प्रदेश नं. ३ को राजधानी धुलिखेल, बनेपा र पनैती नगरपालिकालाई मिलाएर काभ्रेमा राख्न उपयुक्त हुने माग समितिको छ ।

    प्रदर्शनपछि आयोजित कोणसभामा नेकपाका केन्द्रीय सदस्य परशुराम तामाङले शान्तिपूर्ण आन्दोलनबाट माग पूरा नभए कडा कदम चाल्ने चेतावनी दिनुभयो ।
    –––

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…