• विराटनगर, १५ असोज । विराटनगरलाई प्रदेश नं १ को स्थायी राजधानी कायम गर्नका लागि दबाब दिन सङ्गठित अभियान आजदेखि शुरु भएको छ ।

    विराटनगरलगायत तीन जिल्लामा प्रशासनिक केन्द्र राख्ने चर्चा चलैसँगै सरोकारवाला एक ढिक्का भएर एकै स्थानमा केन्द्र राख्नुपर्ने दबाबको पहल शुरु गरिएको छ ।

    उद्योग सङ्गठन मोरङ र मोरङ व्यापार सङ्घद्वारा संयुक्तरुपमा आइतबार यहाँ आयोजित अन्तक्र्रिया एवम् सुझाव सङ्कलन कार्यक्रमका सहभागी सरोकारवालाले सबै किसिमले विराटनगर नै प्रदेश नं १ को स्थायी राजधानीका लागि उपयुक्त भएको निष्कर्ष निकालेका छन् ।

    सहभागीले ऐतिहासिक, राजनीतिक र भौतिक संरचनालगायत सबै आधारमा स्थायी राजधानीका लागि विराटनगरको विकल्प नभएको बताए ।

    नेपाली काङ्ग्रेस प्रदेशसभाका प्रमुख सचेतक केदार कार्कीले विराटनगरलाई नै स्थायी राजधानी कायम गर्न आफूहरु लागिपरेको बताउनुभयो ।

    विराटनगर महानगरपालिका उपप्रमुख इन्दीरा कार्कीले विगतका अनुभवलाई ध्यानमा राखी विराटनगरलाई नै राजधानी घोषणा गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

    एलिट क्लबका अध्यक्ष प्रा भेषराज धमलाले अरबौँ लगानी गरेर राजधानी अन्यत्र लानु उचित नहुने बताउनुभयो ।

    प्याब्सनका केन्द्रीय सल्लाहकार टीकाराम पुरीले सम्पुर्ण मन्त्रालय र महत्वपुर्ण कार्यालयहरु एकस्थानमा राख्नुपर्ने विचार ब्यक्त गर्नुभयो ।

    उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरेले विराटनगर बाहिर राजधानी घोषणा गर्नु दुर्भाग्यपुर्ण हुने धारणा राख्नुभयो । अन्तरक्रिया कार्यक्रममा चिकित्सक कैलाश श्रेष्ठ, सामाजिक अभियन्ता दुर्गा चापागाई, नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष बन्धु पोखरेल, संयुक्त टोल नगर समन्वय समितिका संयोजक राजेशकुमार मास्के, साहित्यकार दिनेश सुवेदीलगायतले विराटनगरलाई स्थायी राजधानी कायम गराउन सङ्घर्ष समिति गठन गरेर दबाबमूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिनुभयो ।
    –––

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…