• काठमाडौँ, असोज १५ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्याबारे उच्चस्तरीय छानविन समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सोमबार शैक्षिक हड्ताल आह्वान गरेको छ ।

    हत्या भएको दुई महिना बितिसक्दा पनि निर्मला हत्याको दोषी पत्ता नलागेपछि नेविसंघले जिल्लामा सोमबार शैक्षिक हड्ताल आह्वान गरेको हो । आइतबार साँझ राँके जुलुस निकालेको नेविसंघले सोमबार शैक्षिक हड्ताल घोषणा गरेको हो ।

    निर्मलाका हत्यारालाई सरकारले संरक्षण गरिरहेको नेविसंघको आरोप छ । हत्यारा पक्राउ नपर्दासम्म आन्दोलन नरोकिने नेविसंघले जनाएको छ ।

    शंकाको घेरामा तानिएका एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डिएनए रिपोर्ट म्याच नगरेपछि घटना र अनुसन्धान झनै जटिल बन्ने देखिन्छ ।

    गत साउन १० गते पढ्न भनेर साथीको घरमा गएकी निर्मलाको बलात्कारपछि हत्या गरेको अवस्थामा उखुबारीमा शव फेला परेको थियो ।

    त्यसपछि घटनाको अनुसन्धानमा खटिएका प्रहरीबाटै लापरबाही भएको भन्ने निश्कर्ष निकाली गत भदौ ७ गते गृहमन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा उच्चस्तरीय छानविन समिति गठन गरेको थियो ।

    छानविन समितिले गृहमन्त्रीलाई अनुसन्धानको प्रतिवेदन समेत बुझाइसकेको छ । गृहमन्त्रीले प्रतिवेदन सार्वजनिक गर्ने तयारी भइरहेको बताउँदै आएका छन् ।

    निर्मलाका निम्ति न्याय खोज्दै उनका आमाबाबुले प्रधानमन्त्रीसँग भेटवार्ता समेत गरिसकेका छन् । प्रधानमन्त्रीले यस विषयमा गम्भीर ध्यानाकर्षण भएको भन्दै दोषीलाई छिट्टै कानूनको कठघरामा उभ्याउने आश्वासन दिएका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…