• रूपेन्द्र शेर्मा
    उर्लाबारी, १५ असोज ।
    पिछडा वर्ग उर्लाबारीका कोषाध्यक्ष सन्तोष कर्ण माथि लगाइएको आरोपको त्यस संस्थाले खण्डन गरेको छ । कर्ण सेवा सुविधा हत्याउन पिछडा बर्गको कोषाध्यक्ष पदमा रहेको भनी मैथिली सेवा समाजका नवनिर्बाचित अध्यक्ष पवन चौधरीले लगाएको अरोपको पिछडा बर्गले खण्डन गरेको हो ।
    पिछडा बर्ग उर्लाबारीकी अध्यक्ष हेमन्ती ठाकुरले आफ्नो संस्था सञ्चालनमा सहजता ल्याउन कर्णलाई कोषाध्यक्षको जिम्मेवारी दिइएको तर त्यस बापत उनले कुनै सेवा सुविधा प्राप्त नगरेको स्पष्ट पारेकी छन् । 


    उनले सोमबार पत्रकार सम्मेलन गरी मैथली समाजको हालै सम्पन्न निर्बाचनमा विधान विपरित मतदाता प्रयोग गरी चौधरी अध्यक्षमा निर्बाचित भएको दाबी गरेकी छन् । उनले गैह्र नेपाली नागरिकलाई मतदान गर्न लगाएर अध्यक्षमा निर्बाचित भएको आरोप लगाइन् । विधानत ः मतदाताको उमेर कम्तीमा १८ बर्ष भएपनि त्यसभन्दा कम उमेरकालाई पनि मतदान गर्न लगाएर अध्यक्षमा निर्बाचित भएको बताएकी छन् । ठाकुरले समाजका तत्कालिन अध्यक्ष महेन्द्र सिँहलाई विधान हेर्न माग्दा गैह्र जिम्मेवारीपूर्वक आफूलाई विधान हेर्न नदिइएको आरोप लगाइन् । उनले मैथिली सेवा समाजले मैथिली समुदायको वास्तविक संस्कृतिको प्रचार गर्न नसकेको गुनासो गरिन् ।



    पिछडा बर्गका कोषाध्यक्ष कर्णले सेवा सुविधा हत्याउन पिछडा बर्गको कोषाध्यक्ष बनेको भन्ने आफूमाथि लगाइएको आरोप प्रति गम्भीर आपत्ती जनाए । आफूले सेवा सुविधा लिएको भन्ने आरोप प्रमाणित गर्न उनले च्ुनौती दिएका छन् । मैथिली सेवा समाजका अध्यक्ष चौधरी मैथिली संस्कृतिको जगेर्ना भन्दा मैथिली समुदायबीच बिभाजन ल्याउन सक्रिय रहेको उनले आरोप लगाए ।



सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…