• कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि भएको हत्या घटनाको अनुसन्धानमा फेरी प्रहरी माथिको भुमिका शंकास्पद देखिएको छ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तसँग सम्बन्धित डिएनए परीक्षण पनि फरक फरक स्थानमा गरिएको छ ।

    प्रहरीले निर्मलाको भेजिनल स्वाबको परिक्षण आफै गरेको छ भने अभियुक्त भनिएका तिन जनाको डिएनए परिक्षण विधि बिज्ञान प्रयोगशालामा पठाइएको खुलेको छ ।

     

    सुरु देखिनै प्रहरी माथि नै शंका गरिएको यो घटनामा निर्मलाको भेजिनल स्वाब को डिएनए परीक्षण प्रहरीले आफ्नै प्रयोगशालामा गर्नुले छानविनमा प्रहरीको भुमिका संकास्पद देखिएको हो ।

    राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका डिएनए प्रमुख डा। दिनेशकुमार झाले एसपी डिल्लीसिंह विष्ट, उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टकोमात्रै डिएनए परिक्षण आफुहरुले गरेको बताएका छन् । उनीहरुको रगत स्याम्पल मात्र शिक्षण अस्पताल महाराजगञ्जवाट पठाइएको थियो । झाले प्रयोगशालामा निर्मलाको भेजिनल स्वाब आफुकहाँ नल्याइएको बताए । उनले निर्मलाको भेजिनल स्वाबको रिपोर्ट के आयो भन्ने बताउन नसक्ने बताए ।

    चिकित्सक झाले अभियुक्त र निर्मलाको डिएनए एकै ठाउँमा भएको भए मात्र आफुहरुले डिएनए रिपोर्ट मिले नमिलेको बताउन सक्ने बताए । घटनाको दुबै पक्षको डिएनए आफुहरुलाई प्राप्त नभएकाले मिलेको नमिलेको बताउन नसक्ने उनको भनाई छ । उनले अभियुक्त भनिएका तिन जनाको मात्र रिपोर्ट पठाएको बताए । हामीले एक पक्षको डिएनए परीक्षण गरेर त्यसबारे रिपोर्ट लेखेर पठायौँ। नेपाल प्रहरीको ल्याबमा अर्को पक्षको डिएनए टेष्ट गरेको हो, त्यसैले रिपोर्ट मिले नमिलेको हामीले बताउन सक्दैनौ’ उनले भने ।

    नेपालमा अहिले नेपाल प्रहरीको प्रयोगशाला र राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा बाहेक अरु ठाउँमा डिएनए टेस्ट नहुने बताएका छन् । राष्ट्रिय विधि विज्ञान प्रयोगशाला हाल स्वतन्त्र निकायको रुपमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहत छ। प्रयोगशालाले डिएनए परिक्षणको रिपोर्ट शुक्रबार नै जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाएको हो । सोही रिपोर्टको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले डिएनए म्याच नगरेको जनाएको थियो ।

    कञ्चनपुरका एसपी कुबेर बहादुर कठायतले एसपी डिल्लीसिंह विष्ट, उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टसित डिएनए रिपोर्ट मेल नखाएको रिपोर्ट आएको बताएका थिए । । प्रहरीले यस अघि अर्का अभियुक्त दिलिप विष्टको पनि डिएनए परिक्षण गराएको थियो । उनको पनि डिएनए रिपोर्ट मेल नखाएको जनाएका थिए । त्यसपछि उनी थुनामुक्त भइसकेका छन्।

    यो केसमा प्रहरीको भूमिकामाथि नै प्रश्न उठिरहेको बेला प्रमुख प्रमाणका रुपमा रहेको निर्मलाको ‘भेजिनल स्वाब’ प्रहरीले आफ्नै प्रयोगशालामा मात्र गर्नुले घटना थप रहस्यमय बनाएको छ। सो घटनाका सम्बन्धमा गृहमन्त्रालयले गठन गरेको विशेष छानविन समितिले पनि घटनाको प्रतिवेदन गृहमन्त्री रामवहादुर थापा बादललाई बुझाइसकेको छ । सो प्रतिवेदन पनि सार्वजनिक भएको छैन । गृहमन्त्रीले घटनामा प्रहरीले लापरवाही गरेको देखिएको सार्वजनिक अभिब्यक्ति दिइसकेका छन् । घटनास्थलको सुरक्षा नगरिएको, निर्मलाको कपडा समेत नभेटिएको तथा भेटिएको सुरुवाल पानीले पखालीएको थियो ।

    स्थानिय बासीन्दाले तत्कालिन प्रहरी प्रमुख विष्टको गतिविधि नै संकास्पद रहेको र उनले अपराधिलाई लुकाउने खालको कृयाकलाप गरेको भन्दै आन्दोलन गरेका थिए । विष्टकै नेतृत्वमा निर्मला पन्तको बलात्कार र हत्या घटनाको प्रमाण नष्ट भएको भन्दै स्थानियले उनलाई कारवाहीको माग गरेका थिए । सोही अनुसार प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको गृहमन्त्रालयले घटनाका सम्बन्धमा आएको प्रतिवेदन समेत सार्वजनिक गरेको छैन । प्रहरी माथि नै पीडितको आशंका हुनु र निर्मलाको भजिनल स्वाब पनि प्रहरीकै अस्पतालमा परिक्षण हुनुले प्रहरी माथि थप शंका उब्जाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…