• प्रनिश थापा । चितवन , १५ असोज । नेपालमा अपराधीक गतिविधिलाई नियन्त्रणमा लिन कानुन त ल्याउँछ तर, त्यस्को कुनै कार्यान्वयन नै हुँदैन भने कानुन ल्याइरहनुको के अर्थ ?

    अनि कानुन कार्यान्वयन गर्ने गराउने पक्ष नै लम्पसार हुन्छन् भने त्यस्को पनि के अर्थ ? हो , सरकारले ल्याएको एउटा यस्तै कानुन अहिले लम्पसारवादमा परिणत भएको छ भने ल्याइएको कानुन पनि केही ब्यक्तिको स्वार्थअनुसार संशोधन गर्न सरकार लागिपरिरहेको छ ।

    मुलुकी अपराध संहिताको दफा १९३ (२) मा कसुर गर्ने व्यक्तिलाई कसुरको प्रकृति हेरी अनुहार कुरुप पारेमा पाँच वर्षदेखि आठ वर्षसम्म कैद र एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था नेपाल सरकारले गएको भाद्र ०१ गतेदेखि गर्‍यो ।

    शरीरको अन्य कुनै अङ्ग कुरुप पारेमा वा शरीरमा पीडा पुर्‍याए तीन वर्षदेखि पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था समेत सरकारले गर्‍यो ।

    तर, त्यस्को सहि कार्यान्वयन र प्रभावकारी नहुँदा एसिड आक्रमणले थप प्रोत्साहन पाउदै गइरहेको छ । नेपालमा एसिड बिक्रीमा सरकारले कडाइ नगर्नु अनि ल्याएको कानुनलाई समेत हेल्चेक्याइँका रूपमा लिइनुले सरकारको यो कार्यशैली र गतिविधिलाई स्थानीयले भद्र मजाक का रूपमा लिइरहेका छन्। नलिउ पनि कसरी ?

    संसदले लैङ्गिक समानता कायम गर्न तथा लैङ्गिक हिंसा अन्त्य गर्ने सम्बन्धमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन, २०७२ पारित गरी एसिड आक्रमण गर्नेलाई पाँचदेखि आठ वर्षसम्म कैद र एक लाखदेखि तीन लाख रुपैयाँसम्म जरिवाना त्यस्तै, शरीरको अन्य अङ्ग कुरुप पारेमा वा शरीरमा पीडा गराएमा तीनदेखि आठ वर्ष कैद र ५० हजारदेखि एक लाख ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।

    जरिवानाको रकम पीडितलाई दिइने ऐनमा उल्लेख छ । तत्पश्चात पनि एसिड काण्डले अझै पनि चर्चा पाइरहेको छ । रौतहटकी किशोरीमाथि एसिड आक्रमण पछि मृत्युवरर्णको सिकार बनेकी सम्झना दासको घट्ना सेलाउन नपाउदै गएको मंगलबार पुनः एसिड आक्रमण भएको छ र त्यस्को सिकार हुन पुगिन् नवलपरासी बर्दघाट सुस्ता पुर्वको कावासोती हरमासी टोल बस्ने बर्ष २७ की बिवाहित महिला बसन्ती परियार ।

    कावासोती नगरपालिका वडा नं १६ डण्डाको हरमासी टोलमा तरकारी किनेर फर्कदै गरेकी उनलाई गएको सोमबार साँझ छिमेकी विमल श्रीपालीले एसिड प्रहार गरेका थिए । एसिड आक्रमणमा परेपछि गम्भीर भएकी उनको अवस्था अहिले खत्तरामुक भइसकेको उपचारमा खटिएका चिकित्सकहरु बताउँछन् ।

    झन्डै २५ प्रतिशत एसिड परेको उनलाई अहिले पनि भरतपुर अस्पतालको आईसीयु कक्षमा उपचार भइरहेको उनको उपचारमा संलग्न डा.  सुरेश प्रधान बताए । उनका अनुसार बसन्तीको स्वास्थ्य अवस्था सुधारोन्मुख भइरहेको छ । अलिअलि बोल्न सक्ने अवस्थामा पुगेकी छन्, गएको बिहीबार नाकको पाइप निकाल्यौं’ डा. सुरेश प्रधानले भने, वसन्तीलाई अक्सिजन दिन छोडिएको छ ।

    ‘श्वासप्रश्वासको समस्या पनि कम हुँदै गएको र पहिलेभन्दा धेरै नै सुधार भएकोेले अक्सिजन नलगाएका हौं , उनको अवस्था अहिले खतरापूर्ण छैनन् । वसन्तीलाई पेट, छाती र कोखा गरी तीन ठाउँमा छुरी हानिएको थियो । छुरी हानेको घाउमा पनि सुधार हुँदै आएको डा. प्रधानले बताए । उनले एसिडबाट वसन्तीको शरीरको भाग २२ प्रतिशत जलेको बताए । गएको असोज १० गते बुधबार बिहान वसन्तीको भरतपुर आँखा अस्पतालका डाक्टरहरुले आँखा परीक्षण गरेका थिए । उनको दाइने आँखामा कुनै असर देखिएको छैन, तर देब्रे आँखाको नानीमा केही असर परेको चिकित्सकले बताएका छन् ।

    चिकित्सकका अनुसार आँखा पूरा निको भएपनि पहिलेकै अवस्थामा फर्कन गाह्रो छ । ३५ प्रतिशत भन्दा बढी शरीरको भाग जलेको भए बचाउन गाह्रो हुन्थ्यो तर, १० प्रतिशत भन्दा कम मात्रै शरीरको भाग जलेकोले बाच्ने सम्भावना देखिएको छ । तथापि , अहिलेलाई यसै नै हुन्छ भन्न पनि सकिँदैनँ ।’

    उपचार गर्न ल्याएकै दिन भरतपुर अस्पतालका सर्जन डा. सुरेश प्रधान, डा. प्रितम गुरूङ लगायतको टोलीले पेट, छाती र अनुहार गरी तीनवटा अप्रेसन गरेको थियो ।

    यता, वसन्तीको आईसीयू कक्षमा उपचार भए पनि भेन्टिलेटरबाट निकालिएको भरतपुर अस्पतालले जनाएको छ ।

    एसिड आक्रमण गर्ने मुख्य अभियुक्त श्रीपालीलाई प्रहरीले पक्राउ गरिसकेको छ । उनी अहिले जिल्ला प्रहरी कार्यालय नवलपुर कावासोतीको नियन्त्रणमा रहेको बताइएको छ ।

    पक्राउ परेका श्रीपालीलाइ ज्यान मार्ने उद्योग अन्तर्गत कारबाही प्रक्रियालाइ अघि बढाइएको कावासोतीका प्रहरी उपरीक्षक रमेश थापाले बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…