• काठमाडौं, १५ असोज । सर्वेन्द्र खनाल प्रहरी महानिरीक्षक भएपछि करिब पाँच हजार जनाको बढुवा भए पनि माथिल्लो दर्जामा भने बढुवाको जाम अझै खुलेका छै ।

    ३० वर्षे सेवाअवधि कायमै रहेकाले सेवाअवधि पुगेकाहरु अवकाश हुँदै धेरै संख्यामा प्रहरी अधिकृतहरु बढुवा हुनबाट वञ्चित भएका हुन् ।

    गृह मन्त्रालयले खाली रहेका पदहरुको सूची तयार पार्दै गरेका बखत मन्त्रीको सचिवालयमा रहेका प्रतीक थापा, सूर्य सुवेदीलगायतले आफ्नो कार्यकक्षमा बोलाएर प्रहरीको बढुवामा राम्रै हात लागी गराउन लागेको स्रोतले जनाएको छ ।

    लामो समयदेखि दुवै प्रहरी संगठनका उच्च पदहरुमा बढुवा नहुँदा प्रहरी बढुवा जाम भएको हो । जनताको जीउ धन र सुरक्षाका लागि अहोरात्र खटिने अधिकृतहरुको समयमै बढुवा नहुँदा पुरै नेतृत्व संरचना अस्तव्यस्त भएका बेला गृहमन्त्रीको सुपुत्र प्रतीक थापा, सभामुखका सुपुत्र निर्मल महरा तथा उपराष्ट्रपतिका सुपुत्र दीपेश पुनले संयुक्त रुपमा प्रहरीलाई कमाई खाने माध्यम बनाएका समाचार स्रोतले बताएको छ ।

    उनीहरुले मन्त्रालयमा तयार भएको सूची बोकेरै एक्लाएक्लै भेटेर प्रहरी अधिकृतसँग कुरा गर्न थालेका छन् । नक्सालस्थित एक रेस्टुरेन्टमा बसेर सेट्रिङ मिलाएपछि प्रतीक थापाले पिता बादललाई दिने गरेको बुझिएको छ । सशस्त्र प्रहरीको डीआईजीमा बढुवा नभएको करिब ६ महिना भयो ।

    शेरबहादर देउवा नेतृत्वको सरकारको पालादेखि नै डीआईजीमा बढुवा भएको छैन । समयमा बढुवा नहुँदा सशस्त्रका पाइपलाइनका एसएसपीहरु निराश हुन थालेका छन् । रिक्त हुनासाथ सो पदमा बढुवा भए उनीहरुको वृत्ति विकास पनि हुने बताइन्छ ।

    तर, यसरी अनावश्यक ढंगले प्रहरी नेतृतव बढुवामा जाम गर्ने प्रचलन बढेको छ । नेपाल प्रहरीमा रिक्त तीन एआईजीको पदपूर्ति भएकाले अब डीआईजी बढुवा गर्न बाटो खुलेको छ । तर, कहिले बढुवा हुने हो भन्ने अन्योल छाउँदा उनीहरुको मनोबल गिर्दै गएको छ ।

    एआईजीमा बढुवा भएपछि गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको सचिवालयले यसै साता रिक्त डीआईजीमा पदपूर्तिका लागि प्रक्रिया सुरु गरेको छ । वरियताअनुसार एसएसपीहरु पूर्णचन्द्र जोशी, विकास श्रेष्ठ, विनोद शर्मा घिमिरे, ठाकुरप्रसाद ज्ञवाली, तारिणीप्रसाद लम्साल, हरिभक्त प्रजापति, सूर्यप्रसाद उपाध्याय डीआईजी बढुवाको लाइनमा छन् ।

    जोशी, श्रेष्ठ, घिमिरे र प्रजापति आईजीपी सर्वेन्द्र खनालका ब्याचमेट हुन् । उनीहरु खनालसँगै २०४६ माघ २९ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए । त्यस्तै, ज्ञवाली, लम्साल र उपाध्याय सोही ब्याचका वैकल्पिक समूहका अधिकृत हुन् ।

    उनीहरुले २०४७ असार २५ गते नेपाल प्रहरीमा नियुक्ति पाएका थिए । एसएसपीहरु शैलेश थापा क्षेत्री, पद्युम्नकुमार कार्की, निरजबहादुर शाही, हरिबहादुर पाल, गणेशबहादुर ऐर, वसन्तकुमार पन्त, प्रकाशजंग कार्की, घनश्याम अर्याल, ईश्वरबाबु कार्की, वीरेन्द्र श्रेष्ठ, पुरुषोत्तम कँडेल, डा.देवबहादुर बोहरा, विश्वराज पोखरेल, दिलीपकुमार चौधरी र राजेशकुमार लाल कर्ण डीआईजीका दाबेदार हुन् ।

    यिनीहरुमध्ये श्रेष्ठबाहेक अन्य सबै जना २०४९ बैशाख १९ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए भने श्रेष्ठ २०४७ असा र २५ मा सेवा प्रवेश गरेका हुन् । उनीहरु सबै जना २०७४ साउन ३२ मा एसएसपीमा बढुवा भएका थिए ।

    यद्यपि, उक्त ब्याचबाट शैलेश थापा क्षेत्री, प्रद्युम्नकुमार कार्की, निरजबहादुर शाही, हरिबहादुर पाल, गणेशबहादुर ऐर, वसन्तकुमार पन्त, प्रकाशजंग कार्की, घनश्याम अर्याल र ईश्वरबाबु कार्की, विश्वराज पोखरेलबीच चर्को प्रतिस्पर्धा देखिन्छ ।

    त्यस्तै, एसएसपी धीरप्रताप सिंह, उत्तमराज सुवेदी, वसन्तकुमार लामा, रवीन्द्रबहादुर धानुक, विश्वराज पोखरेल, सौरभ राणा, रामकृपाल साह र उमेश रञ्जितकार डीआईजी बढुवाको प्रतिस्पर्धामा छन् ।

    यसपटकको बढुवामा चार वटा ब्याचका अधिकृतहरुबीच प्रतिस्पर्धा देखिएको र रिक्त पद कम भएकाले सबै ब्याच मिलाउन नहुने आईजीपी खनालको चाहना रहेको थाहा भएको छ । यस्तै, डीआईजी बढुवापश्चात् रिक्त हुने एसएसपी पदमा ३० भन्दा बढी एसपीहरुबीच प्रतिस्पर्धा हुने देखिएको छ, तरुणमा उल्लेख छ ।

    एसपीहरु सन्दीप भण्डारी, वसन्तबहादुर कुँवर, रामदत्त जोशी, श्यामलाल ज्ञवाली, गणेश रेग्मी, किरण बज्राचार्य, बुद्धिराज गुरुङ, मीरा चौधरी थारु, राजेशनाथ बास्तोला, विष्णुकुमार केसी, दीपक थापा, पोषराज पोखरेल, भरतबहादुर बोहरा, टेकप्रसाद राई, रवीन्द्र केसी, नवराज भट्ट, उमेशराज जोशी, भीमप्रसाद ढकाल, दुर्गा सिंह, अशोक सिंह, ह्दय थापा, नरेन्द्रप्रसाद उप्रेती, कुवेर कडायत, केदार ढकाल, राजेन्द्र विष्ट, सुदीप गिरी, टेकबहादुर तामाङ, जनक भट्टराई, कृष्णकुमार महत, लालमणि आचार्य, गोविन्दकुमार शाह, किरण राणा, अर्जनचन्द ठकुरी, जनकराज पाण्डे, मुकेशकुमार सिंह, सुरेन्द्र मैनालीलगायतबीच प्रतिस्पर्धा हुने देखिन्छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…