• धरान, असोज १५ । धनकुटाबाट धरानका लागी आउँदै गरेको महिन्द्रा पिक अप भ्यान धनकुटाको सागुरी गढी ९ लेखाटोलमा दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने अन्य ९ जना घाइते भएका छन् ।

    चाडपर्वका लागी किनमेल गर्न धनुकटाबाट सुनसरीको धरान बजारतर्फ आउँदै गरेको को १ ज १६२० नम्बरको महिन्द्रा पिकअप भ्यान ब्रेक फेल भएर सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा परी सागुरीगढी १० की ६१ बर्षिया देवी माया सुनुवार र ३१ बर्षिया सुक कुमारी राईको घटनास्थलमै ज्यान गएको छ भने एउटै घरका ४ जना सहित ९ जना घाईते भएका छन् ।

    दुर्घटनामा सागुरीगढी १० की ३६ बर्षिया आमा पञ्चमाया राई, उनका छोरा १४ बर्षिय सन्दिप राई,१२ बर्षिय अर्का छोरा युवक जंग राई,११ बर्षिया छोरी युनिषा राई रहेका छन् ।

    त्यस्तै सागुरीगढी १० आहाले निवासी २८ बर्षिय काशीराम राई, सोही ठाउँ बस्ने १४ वर्षीया सनम राई, ३६ बर्षिया चन्द्रमाया राई,१२ बर्षिया लक्ष्मण राई, चन्द्रकला राई लगायत रहेका छन् ।

    घाइते सबैको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आकस्मिक कक्षमा उपचार भईरहेको प्रहरी बिट घोपाले जनाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…