• कुमार खड्का
    असोज १५ पथरी
    मोरङको पथरीशनिश्चरे नगरपालिकामा स्थापित भई बिशुद्घ समाजसेवा गर्ने अभिप्रायका साथमा स्थापना भएको लायन्स क्लव अफ पथरी योङ हार्टले वजारको फोहोर मैलालाई व्यावस्थापन गर्ने भएको छ ।

    वजार क्षेत्रमा उत्पादन भईरहेको फोहोर मैलालाई व्यावस्थापन गरि सुन्दर र सफा नगरको रुपमा स्थापित गराउने उद्ेश्यका साथ नया सोच राखेर नगरको सफाई गर्ने अभियानमा लागेको लायन अध्यक्ष केदार बोहोराले बताए ।
    मंगलवार आयोजना गरिने सो कार्यक्रमको वारेमा थप जानकारी दिदै क्लवका सचिव गणेश कुमार राईले नगरका विभिन्न स्थानमा १४ वटा डस्टविनको प्रयोग गरि वजार वाट उत्पादन हुने फोहोरलाई सो डस्टविनको प्रयोगमा व्यावस्थापन गरिने बताए ।

    वजारका मुख्य सडकहरुका साथै मुख्य–मुुख्य चौक मन्दिर लाईन,लोकतान्त्रिक चौक,यलम्वर चौक,कौशिला सुनचादी पसल आसपास, पथरीबहुमुखी क्यामपस हाता भित्र,शिखर चौक,पशुपति,सुनाखरी,वुद्घ चौक गरि वजारका १४ स्थानमा टिनको ड्रम वाट निर्माण गरिएको फोहोर व्यावस्थापन गर्ने डस्टविनको व्यावस्थापन गरिने कार्यक्रम सयोजक लायन रोशन गुरुङले बताए ।
    विश्वमा २०० वढि राष्ट्रहरुमा स्थापित भई सञ्चालनमा आएको लायन्सले ति राष्ट्रहरुमा ४६ हजार क्लवहरुको स्थापना गरि सामाजिक क्षेत्रमा आफ्नो योगदान दिदै आएको कार्यक्रममा लायन सर्वलाल राईले जानकारी दिए ।
    नेपालमा मात्र ३० हजार भन्दा वढि सहयोगि मनहरुको जमातमा रहेको लायन्सले पथरीमा स्थापित भएको छोटो समयमा नै विभिन्न सामाजिक कार्यहरुमा आफ्नो सकृयता वढाउदै लगेको छ ।
    सोको निरञ्तरता स्वरुप योङ हार्ट ले स्थानिय क्यानसर पिडित वालक धडकन राई वचाउ अभियानमा सहयोगार्थ ९० कार्टुन पानी,सृजनशिल युवा समुहसगको सहकार्यमा ४० पिन्ट रक्तदानमा सहयोग, विश्वनाथ विध्यालयको जग्गामा वृक्षारोपण त्यसै गरि वहुमुखी क्यामपसको जग्गामा वृक्षारोपण जस्ता कार्यहरु गरिसकेको छ ।

    भने हाल क्लवमा अवद्घ व्याक्तिहरुको स्वत स्फुर्त रुपबाट बार्षीक रुपमा जनही ८ हजार रुपैया संकलन गरि कार्यक्रम गर्दै आएको योङ हार्टले भविष्यमा दिर्घकालिन कोषको स्थापना गरि अझ प्रभावकारी रुपमा सामाजिक क्षेत्रमा सकृय भएर अगाडि बड्ने योजना रहेको क्लवका अध्यक्ष वोहोराले बताए ।
    योङहार्टले आफ्नो सामाजिक कार्यको ३९ प्रतिशत योगदान रक्तदानमा गर्दै आएको बताईएको छ भोली हुने कार्यक्रममा ४० हजार मुल्य बरावरको डस्टविनको व्यावस्थापन गरिएको सोमवार गरिएको पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…