• कास्की, १५ असोज । सङ्घीय संसद्का सांसद महेश बस्नेतले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको सत्यतथ्यबाहिर आएरै छाड्ने बताउनुभएको छ । सरकारले पहिलोपटक मातहतका एसपी, डिएसपीलगायत नौ जनालाई निलम्बन गरेर घटनाको अनुसन्धान गरिरहेकाले समय लागे पनि घटनामा संलग्नको पहिचान भई छाड्ने भनाइ उहाँको छ ।

    प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल कास्कीले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पूर्वउद्योगमन्त्रीसमेत रहनुभएका सांसद बस्नेतले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय केही घटनाको उदाहरण दिँदै निर्मला पन्तको घटनाको पनि वास्तविकता पत्ता लाग्ने र दोषीलाई कारवाही हुने भनाइ राख्नुभएको हो ।

    “१३ वर्षपछि रानीवन हत्याकाण्ड पत्ता लाग्यो, रणबहादुर बमको घटना पत्ता लाग्न पनि तीन वर्ष समय लाग्यो”, बस्नेतले भन्नुभयो, “थुप्रै राष्ट्रिय÷अन्तर्राष्ट्रिय घटना छन्, जसको वास्तविकता पत्ता लाग्न समय लागेको छ । कञ्चनपुर घटनामा पनि ढिलाइ हुन सक्दछ तर दोषी पत्ता नलाग्ने भन्ने हुँदैन ।”

    पहिला बलात्कारलगायत महिला हिंसाका घटना भित्रभित्र मिलाउन दबाब दिएर दबाउने गरिए पनि अहिले महिला चेतना बढेको कारणबाट घटना सार्वजनिक भएर कानूनी दायरा र प्रक्रियामा आउन थालेको सांसद बस्नेतको भनाइ छ ।

    निर्वाचनमा दलबीच प्रतिस्पर्धा भएर एउटाले बहुमत ल्याएर सरकार चलाए पनि निर्वाचित सरकारले ल्याउने विकासका कार्यक्रममा भने सत्तापक्ष÷प्रतिपक्ष नभनी एकताका साथ अघि बढ्न उहाँले दलहरुलाई आग्रह गर्नुभयो ।
    –––

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…