• डम्बर सिन्चिउरी -रतोकलम 
    लेटाङ १३ असोज- अाधुनिक परिवेश सँगै परम्परागत अाफ्नो जातीय संस्कार विर्षीसकेका युवा लाई सिकाउने वा पहिचान गराउने उद्देश्यले अाज मोरङको लेटाङ अाठ र नौ जाँतेमा लिम्बू जाती का युवा-युवती एवं बुद्धि जीवीहरुलाई भेला गराई एक दिने जातीय संस्कार सम्बन्धि प्रशिक्षण तथा छलफल कार्यक्रम सम्पन्न गरिएको छ।


    लिम्बू जातीको संस्कार सम्बन्धि छलफल, श्रृखंला एक नाम दिएर गरिएको उक्त छलफल तथा प्रशिक्षण कार्यक्रम युमा साम्यो महासभा जाँतेको अायोजनामा सम्पन्न भएको हो । कार्यक्रम उद्घाटन सत्र र छलफल सत्र गरि दुई सत्रमा सन्चालन गरिएको थिय ।  प्रमुख अतिथी बाट लिम्बू जातीको जातीय बाजा च्याब्रुङको  धुन सँगै ब्यानर पढी उद्घाटन गरिएको उद्घाटन सत्र अति छोटो समयमा सम्पन्न गरिएको थियो । तीन जना अतिथीको छोटो शुभकामना मन्तब्य सँगै अन्त गरिएको उद्घाटन सत्र पछि लगतै शुरु गरिएको छलफल सत्र झण्डै तीन घण्टा भन्दा बढि सन्चालन भएको कार्यक्रम संचालक स्थानिय शिक्षक राज भक्तशेर चेम्जोङ्गले वताएका छन् ।


    कार्यक्रम स्थानिय सगरमाथा हरियाली सामुदायीक वनको सभाहलमा सम्पन्न भएको थियो ।उक्त छलफल तथा प्रशिक्षणमा झण्डै दुई दसक भारतको सिक्किम राज्यमा लिम्बू भाषामा उच्चशिक्षा तहको अध्यापन गरीसकेका लिम्बू संस्कृति तथा मुन्धुम विद RB याक्थुम चुम (रन बहादुर लिम्बू )ले सहजिकरण गर्नु भएको थियो ।
    कार्यक्रम अायोजक संस्था युमा साम्यो महासभाका  जाँते अध्यक्ष राजेन्द्र मावोहाङको अध्यक्षतामा सम्पन्न भएको थियो । स्थानिय समाज सेवि इन्द्र मावोहाङ , महासभाका केन्द्रीय सचिव भिम सेन लिङदम , सन्त राई, अतिथी रहेको कार्यक्रमका प्रमुख अतिथी RB याक्थुम चुम रहेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…