• कानेपोखरी १५ असोज । मोरङको कानेपोखरी–३ निवासी युवा समाजसेबी देवेन्द्र लुइटेलले आफ्नो गाउँमा जितिया पर्व मनाउने विपन्न वर्गका थारु समूदायलाई नगद सहयोग गर्नु भएको छ ।
    नेपाली कांग्रेसका नेता समेत रहनु भएका लुईटेलले कानेपोखरी कांग्रेसका सभापति योगेन्द्रप्रसाद दाहाल मार्फत ५ हजार ६ सय रुपियाँ सहयोग गर्नु भएको हो । विपन्नहरूले सामूहिक रुपमा वितिया पर्व मनाउन सकुन भनेर खर्च ब्यवस्थापन गरिदिएको लुइटेलले बताउनु भयो ।मङ्गलबार थारु समूदायले जितिया पर्व हर्षोल्लास पूर्वक मनाउँदै छन् ।
    सामाजिक तथा राजनीतिक क्षेत्रमा स्थापित हुँदै गरेका लुइटेलले यस अघि मुस्लिम समूदायलाई पनि बकर इद मनाउन ६६ हजार रुपियाँ आर्थिक सहयोग गर्नु भएको थियो । पछिल्लो समय मोरङको कानेपोखरी र आसपासका क्षेत्रमा लुइटेलले विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई विद्यालय पोशाक र अध्ययन सामग्री प्रदान गर्दै आउनु भएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…