• सुन्दरहरैचा, १५ असोज । मोरङ सुन्दरहरैचा नगरपालिकाका १०२ वर्षीय रामबहादुरकुमार दनुवार र ११० वर्षीय महेश्वरा अधिकारीलाई ज्येष्ठ नगरपिता र नगरमाता घोषणा गरी आज यहाँ सम्मानित गरिएको छ ।

    नगरपालिकाद्वारा २८औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रदेश नं १ का प्रमुख प्रा डा गोविन्दबहादुर तुम्वाहाङ र नगरप्रमुख शिवप्रसाद ढकालले उहाँहरुलाई नगद रु ११ हजारसहित दोसल्ला ओढाई सम्मान गर्नुभएको हो ।

    कार्यक्रममा नगरका १२ वटै वडाका एक महिला र एक पुरुष गरी कुल २४ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।

    सो अवसरमा प्रदेश नं १ का प्रमुख प्रा डा तुम्वाहाङले विद्यालयस्तरमा ज्येष्ठ नागरिकलाई सम्मान तथा आदर गर्ने पाठ्यक्रम राख्नुपर्ने बताउँदै शिक्षाको विकासबाट बालबालिकामा नैतिक ज्ञान आर्जन हुने हुँदा भावी दिनमा मातापिताले ज्येष्ठ नागरिकलाई सम्मान गर्ने संस्कार दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

    सुन्दरहरैचा नगरपालिकाका प्रमुख ढकालले नगरपालिकाले ज्येष्ठ नागरिकलाई सहजरुपमा सामाजिक सुरक्षा भत्ता घरदैलोमा उपलब्ध गराउने व्यवस्था गरेको जानकारी दिदैं ज्येष्ठ नागरिकको सीप र अनुभवलाई सहीरुपमा प्रयोग गर्न सके मात्र समृद्ध नेपालको सपना पूरा हुने विश्वास व्यक्त गर्नुभयो ।

    ज्येष्ठ नागरिक समाज सुन्दरपुर हरैचाका अध्यक्ष रामकुमार कार्कीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नगर उपप्रमुख धनमाया तामाङ, कार्यकारी अधिकृत राजेन्द्र भट्टराई र नेकपाका नगरअध्यक्ष केदार गुरागाईंले ज्येष्ठ नागरिकलाई सबैले आदर र सम्मान गर्नुपर्नेमा जोड दिनुभयो ।

    नगरपालिकामा ६० वर्ष माथिका नौ हजार ज्येष्ठ नागरिकको बसोबास रहेको छ ।
    –––

    अघिल्लो समाचार

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…