• संयुक्त राज्य अमेरिकामा बसेर ‌‍ पनि नेपाली गीतसंगीतलाई माया गर्ने रबिन विष्टको आफ्नो एकल शब्दहरुमा "छुटिएर" नामाक नेपाली गीत संग्रह विमोचनको तयारीमा व्यस्त रहेको छन। अंग्रेजी मिति अनुसार यही महिना अक्टोबर १३ तारिकमा आफ्नो गित सङ्ग्रह विमोचनको घोषणा रबिन विष्टले गरेका छन्। गीतकार रबिन बिष्टले हालेमा गीत संग्रह छुट्टिएर को प्रचारको रुपमा उक्त गीतिसंग्रह बाट यस्तो साँझ नामक गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन।

    युवा पुस्तको मन जित्दौ स्रोतहरु सामु लोकप्रिय हुँदै गरेका गायक किरण गजमेरले वसन्त सापकोटाको संगीत र रिकेस गूरुङको संगीत व्यवस्थापनमा आफ्नो आवाज दिएका छन्। यस गीतमा किशोर थापाले मिश्रण र मास्टरिंगको कार्य निर्वाह गरेका छन्। रबिन विष्ट भन्छन्,"यो गित हरेक प्रेमीहरुको चाहना र कल्पना गर्ने दृश्यहरु समेटेर बनाइएको छ। आशा छ स्रोत र दर्शकहरुले मन पराइदिनुहुनेछ। म्युजिक भिडियोमा रबिन विष्ट स्वयं मोडल निर्जला खनालको साथमा देखापरेका छन्। यस म्युजिक भिडियोको छायांकन तथा निर्देशन नितिन चन्दले गरेका छन् भने वियोन्णले कोरियोग्राफी गरेका छन्। यसैगरी विकास मगरले भि एफ एक्स को काम गरेका छन् र दिपेन बस्नेतले सम्पादन गरेका छन्। म्युजिक भिडियोमा लगानी डमर विष्टको रहेको छ।

    https://youtu.be/V419JuYqyZU

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…