• पथरी १५ असोज । ब्लड क्यान्सर रोगबाट पीडित धड्कन राईलाई ७१ हजार ४ सय ८३ रुपियाँ उपचार खर्च सहयोग जुटाइएको छ । मोरङको पथरीशनिश्चरे ७ का १७ वर्षीय धड्कन राईको उपचार सहयोगका लागि नेपाल विद्यार्थी संघका नेता सुविन पराजुलीले ‘प्रजातन्त्रका लागि प्लेन अपहरण’ वृत्तचित्र प्रदर्शन गराई उक्त रकम जुटाउनु भएको हो ।
    २०३० सालमा राजामा रहेको अधिकार जनतामा ल्याउन नेपाली काङ्ग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको नेत्रृत्वमा तत्कालिन कांग्रेस नेताहरू दुर्गा सुवेदी, बसन्त भट्टराई र नरेन्द्र ढुंगेलले प्लेन अपहरण गरी त्यहाँ रहेको ३० हजार रुपियाँ नियन्त्रणमा लिएका थिए । सोही कथामा आधारित वृत्तचित्र प्रदर्शन गरि रकम सङ्कलन गरिएको सुविन पराजुलीले बताउनु भयो ।
    वृत्तचित्र प्रदर्शन र दाताहरुबाट सङ्कलित सहयोग राईकी हजुरआमालाई एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिएको छ । जसमा प्रेमला राई, सानुका राई, शोभा राई र भक्तिदेवी राईले १६ हजार, प्रदेश सभा सदस्य सुयर्माराज राई, बिकाश लिम्बु, पथरीशनिश्चरे ५ का वडाध्यक्ष जोगबहादुर धिमालले ५÷५ हजार र समाजसेवी धनकुमार तामाङले ५ हजार ५ सय ५५ सहयोग गर्नु भएको थियो ।

    ५ महिना देखि उपचार गराई रहेका राईको उपचारमा ३० लाख खर्च भै सकेको छ भने थप २० लाख खर्च हुने बताइएको छ ।
    सहयोग हस्तान्तरणमा बिरामीलाई उपचार गर्न सक्ने सहयोग गर्ने र पुन सहयोग जुटाउन आफुहरु कठिबद्ध रहेको प्रदेश सभा सदस्य सुयर्माराज राईले बताउनु भयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…