• रूपेन्द्र शेर्मा
    उर्लाबारी । सडकमा क्षति पुर्याएको भन्दै मोरङ, उर्लाबारी–१ झारसाँधीका स्थानीय वासिन्दाले ट्रिपर सञ्चालनमा रोक लगाएका छन् । उनीहरुले सोमबार सडकमा गुडिरहेका छवटा ट्रिपर नियन्त्रणमा लिएका हुन् । उर्लाबारीको सुर्य चोक–झारसाँधी, बिहीबारे र पिपलडाँगी सडक खण्डमा सञ्चालन हुने ट्रिपरलाई स्थानीय वासिन्दाले नियन्त्रणमा लिएको हो ।
    यसरी नियन्त्रणमा लिइएको सबै ट्रिपर स्थानीय पञ्चेश्वर क्रसर उद्योगको भएको थाह भएको छ । सडक स्तरोन्नितका लागि उद्योगसँग पटकपटक छलफल र सहमती भएपनि कार्यान्वयन नभएपछि ट्रिपर सञ्चालनमा रोक लगाइएको स्थानीय चेतराज श्रेष्ठले बताए ।
    यसअघि उद्योग र स्थानीय बीच सडक मर्मत गर्ने र विद्यार्थी आवतजावत गर्ने समयमा ट्रिपर सञ्चालन नगर्ने सहमती भएको श्रेष्ठले बताए । ‘तर, त्यो सहमती कार्यान्वयन नभएपछि ट्रिपर नियन्त्रणमा लिएका हौं’, उनले भने ।
    उता, उद्योगका अध्यक्ष प्रकाश खड्गीले स्थानीय वासिन्दासँगको सहमतीअनुसार सडकका खाल्डाखुल्डी पुरेपनि बलजफ्ती ट्रिपर सञ्चालनमा अवरोध सिर्जना गरिएको दाबी गरे । ‘सडकमा उत्पन्न भएका खाल्डाखुल्डी पुरिरहेका छौं, सडकमा पानी छर्केका छौं, विद्यार्थी आवतजावत गर्ने समयमा ट्रिपर सञ्चालन गरेका छैनौ, त्यौपनि बलजफ्ती ट्रिपर सञ्चालनमा रोक लगाइयो’, खड्गीले भने । यसरी नियन्त्रणमा लिइएका ट्रिपरमा क्षति भए उनीहरु नै जिम्मेवार बन्नुपर्ने खड्गीले बताए । सडक उपभोग गर्ने सबैजना सडक स्तरोन्नतीका लागि जिम्मेवार बन्नुपर्नेमा उद्योगलाई मात्र एकलौटी पैसा निकाल्न लगाइएको खड्गीले गुनासो गरे । चेतराज श्रेष्ठको उक्साहटमा स्थानीय वासिन्दाले ट्रिपर सञ्चालनमा रोक लगाएको खड्गीको अनुमान छ ।
    तर श्रेष्ठले उद्योगले सहमती बमोजिम सडक मर्मत नगरेपछि स्थानीय वासिन्दाले स्वतस्र्फुतरुपमा ट्रिपर सञ्चालनमा रोक लगाएको दाबी गरे । ट्रिपरलाई नियन्त्रणमा लिनका लागि आफूले स्थानीय वासिन्दालाई नउक्साएको उनले बताए । ‘मैले उचाल्दा कोहीपनि उचालिनेवाला छैन’, श्रेष्ठले भने, ‘अचेलको जमानामा उचाल्दा कोहीपनि उचालिने छैन ।’

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…