• दमक । झापाको दमकमा रहेको आस्था कलेज एण्ड म्यानेजमेन्टद्वारा सञ्चालित एकता एकाडेमीका प्रिन्सिपल साजी बाबुले बालिकाहरुलाई सामुहिक यौन दुव्र्यवहार गरेपछि अभिभावकहरु आक्रोशित भएका छन् ।
    गत शुक्रबार एकाडेमीका कक्षा ५ र ६ का बालिकामाथि यौन हिंसा भएको पीडितले बताएका छन् । उक्त घटना सार्वजनिक भएपछि अभिभावकद्वारा विद्यालय घेराउ समेत गरिएको थियो । पछि विद्यालय र अभिभावकबीच सहमति भएपछि विद्यालय सञ्चालनमा आएको छ ।
    एकता एकाडेमीले विद्यार्थीहरुलाई दुव्र्यवहार गरेको भन्ने सूचना पाएपछि व्यवस्थापन समितिको आकस्मिक बैठक बसेर विद्यालयका प्रिन्सिपल साजी बाबुलाई तत्काल निष्कासन गरेको आस्था कलेजका प्राचार्यले जानकारी दिए । अभिभावकहरुले घटनाको विषयमा बुझ्न र विद्यालयमा भएको घटना अवगत गराएपछि तत्काल प्रधानाध्यापकलाई कारबाही गरिएको विद्यालय व्यवस्थापन स्रोतले जनाएको छ । तीन दिनयता प्रधानाध्यापक साजी बाबु सम्पर्कमा समेत नरहेको स्रोतले बताएको छ । साजी बाबु भारतीय नागरिक हुन् । उनी घटना सार्वजनिक भएपछि भारततर्फ लागेको स्रोतको दाबी छ । दमकमा यत्रो घटना भइरहँदा पनि सरोकारवाला निकायहरु मौन प्राय देखिएका छन् । एक अभिभावक भन्छन्,‘मुद्दा–मामिलाको झन्झटले गर्दा हामीले प्रहरीमा उजुरी नगरेका हौं ।’
    बेखबर प्रहरी
    आस्था कलेजद्वारा सञ्चलित एकता एकाडेमीमा भएको बालिकामाथिको यौन दुव्र्यवहारको बारेमा आफूहरुलाई कुनै जानकारी नै नभएको प्रहरीले बताएको छ । पीडितले अहिलेसम्म पनि कुनै जाहेरी नै नदिएपछि आफूहरुले केही गर्न नसक्ने इप्रका दमकका निरीक्षक श्यामल सुब्बा बताउँछन् ।

    अपराधी जोगाउन सचेत वर्ग नै सक्रिय
    देशमा यतिबेला बलात्कार तथा यौन हिंसा बढिरहेको अवस्थामा शिक्षकजस्तो सचेत वर्गले पनि अभियुक्त जोगाउन लागिपरेका छन् । यसरी बालिकाहरु सामुहिक रुपमा यौन हिंसामा परिरहँदा पनि आस्था कलेजद्वारा सञ्चालित एकता एकाडेमी सञ्चालक समितिले आफैं गुपचुपमा प्रहरीमा नपुगी मिलाउने कार्य गरेको छ । यस्तो कार्यप्रति सरोकारवाला र आम अभिभावक चिन्तित बनेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…