• उर्लाबारी असोज १६ । महात्मा गान्धीको १५० औं जन्म जयन्ती तथा अन्तराष्ट्रिय अहिंसा दिवसको अवसरमा मोरङको रतुवामाई नगरपालिका—९ मा रहेको महात्मा गान्धी अध्ययन केन्द्र नेपालले ‘नेपाली लोकतन्त्रको विकासमा,गान्धी चिन्तनको सान्दर्भिकता’ विचार गोष्ठी सम्पन्न गरेको छ । गोष्ठीमा बक्ताहरुले महात्मा गान्धिको विचार वर्तमान समय र परिवेशमा पनि समय सापेक्ष भएको र यसको अनुशरण गरे राज्यमा स्थायी शान्ति र दिगो विकास हुने विश्वास प्रकट गरेका छन् ।

    कार्यक्रमका प्रमुख अतिथी प्राध्यापक डा.अनिल कुमार पोखरेलले नयाँ पुस्ताले महात्मा गान्धीले दिनुभएको सन्देशलाई आत्मसाथ गर्न सके धर्ती अझ सुन्दर हुने बताए ।

    डा. पोखरेलले गान्धीले आदर्श र सपना मात्र देखाएको नभई व्यवहारमा समेत लागु गरेकाले विश्वभर चर्चा भएको औंल्याए ।

    उनले गान्धीले दिएको सत्याग्रह साधन अहिंसात्मक माध्यमबाट समाज बदल्ने प्रभावकारी माध्यम बन्न सक्ने उनको भनाई थियो । उनले विश्वमा हिंसात्मक गतिविधि बढिरहेको बताउदैं त्यसमाथि रोक लगाउने एक मात्र अस्त्र गान्धीको सत्य एवं अहिंसाको विचार नै रहेको उल्लेख गरे ।

    पोखरेलले अहिलेका राजनीतिज्ञहरूले लोकतन्त्ररूपी स्वराजको उपयोग आफ्नो हितलाई पूरा गर्न लागिपरेको बताए । गान्धीले जस्तै आमजनताले पनि सादगी, अहिंसा तथा अपेक्षाकृत असल नागरिक बन्न स्वराजको नियमलाई पालन गर्नु आवश्यक रहेको उनको भनाई छ । गान्धीको विचार र प्रेरणालाई अनुसरण गरे सभ्य समाज निर्माण गरिन सकिने उनले बताए



    नेपाल महिला संघकी केन्द्रीय सदस्य तथा सामाजिक अभियान्ता शोभा चेम्जोङ पालुङ्गाले महात्मा गान्धी भारत, नेपाल र दक्षिण एसिया मात्र नभई विश्वमै एउटा नयाँ बाटो देखाउने व्यक्ति भएको चर्चा गरिन् ।

    जस्तोसुकै कठिन परिस्थितिमा पनि गान्धीजी अहिंसाकै पक्षमा उभिएकाले उहाँले देखाएको बाटो नयाँ पुस्ताका लागि प्रभावकारी हुने बताईन् । पछिल्लो समय राजनिती खर्चिलो र भड्किलो बन्दै गएको प्रति चिन्ता प्रकट गर्दै उनले गान्धीको जस्तो विचार र रहनसहन आजको आवश्यता रहेको बताईन ।



    नेपाल सरकारका उपसचिव प्रदिप शाहले गान्धीवाद अनुशरण गर्न नसक्दा नेपाल जस्ता अल्प विकशित राष्ट्रहरूमा ठूला–ठूला हिंसा हुने गरेको बताए । शाहले शान्ति र अहिंसालाई आत्मसाथ गर्न सके मानव स्वत स्फुर्त रुपमा स्वाभलम्वी हुँदै जाने बताए । उनले गान्धीवादलाई समय अनुसार ब्याख्या गर्दै जानु पर्ने बताए ।

    मिक्लाजुङ गाउँपालिकाका प्रमुख प्रशासिकय अधिकृत युवराज आचार्यले एक शताब्दी पहिले कुरा भएपनि महात्मा गान्धीको विचार आज पनि त्यत्ति नै सान्दर्भिक रहेको बताएका छन् । गान्धीको विचार एउटा देशको निम्ति मात्रै नभई पूरै विश्वका लागि प्रेरणादायक रहेको उल्लेख गरे । प्रत्येक समय, प्रत्येक देश र प्रत्येक अवस्थाका निम्ति उहाँको विचार आज पनि प्रशंसनीय छ,उनले भने ।

    समाजसेवी चन्द्रवीर राईको सभापतित्वमा भएको कार्यक्रम अध्ययन केन्द्रका संयोजक युवराज पौडेलले सन्चालन गरेका थिए ।
    यसैविच सोहि अवसरमा शान्ति प्रवद्र्धनमा स्थानीय तहको भुमिका विषयमा भएको निबन्ध लेखन प्रतियोगिताका विजेतालाई पुरस्कार समेत प्रदान गरिएको छ । प्रतियोगितामा दाम्राभिट्टा इङ्लिश स्कुलकी सदीक्षा ढकाल प्रथम भईन । उनले नगद १० हजार रुपैंया प्राप्त गरिन् ।

    त्यसैगरी राष्ट्रनिर्माण सेकेण्डरी बोर्डिङ स्कुलका दीपजल सिंह धामी दोस्रो भए । उनले नगद ७ हजार प्राप्त गरे भने तृतिय हुने सयपत्रि इङलिस स्कुलकी इशा बस्नेत नगद ५ हजार प्राप्त गरे । प्रतियोगितामा सहभागी सबै विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरियो । निबन्ध लेखन प्रतियोगितामा निर्णायकको भुमिका दुर्गा माविका प्रअ जीतबहादुर कटुवाले गरेका थिए । कटुवालले निबन्ध लेखनको विषयमा विद्यार्थीहरुलाई आवश्यक पर्ने ज्ञान र सिपको विषयमा प्रकाश पारे । अध्ययन केन्द्रले हरेक बर्ष अक्टुवर २ का दिन गान्धी जयन्ती तथा अन्तराष्ट्रिय दिवस मनाउने गरेको छ ।

     

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…