• काठमाडौँ, असोज १६ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारको आलोचना गरेका छन् । क्षेत्र नं १ काठमाडौँको १० नम्बर इकाईद्वारा आयोजित चियापान तथा भेटघाट कार्यक्रममा नेता सिंहले वर्तमान दुई तिहाई बहुमतको सरकारले हत्या, हिंसा, बलात्कारका घटना रोक्न नसकेको भन्दै व्यग्र आलोचना गरेका हुन् ।

    वर्तमान सरकारले स्थीरता र शान्ति सुव्यवस्था दिन नसकेको उनले बताए । कम्युनिष्टलाई सरकार चलाउने जनमत दिएका जनताले पश्चाताप् मानिरहेको उनको दावी छ । अहिलेको राजनीतिक अस्थीरतालाई माओवादी जनयुद्धको त्राससँग तुलना गर्दै नेता सिंहले भने, ‘जनयुद्धको बेला जस्तै अहिले रेडियो, टिभी, पत्रिका हेर्दा र सुन्दा नराम्रा समाचारहरु आइरहेका छन् ।’

    महंगी धेरै बढेको र सरकारले शान्ति सुरक्षा पनि दिन नसकेकाले जनताहरु छटपटाइरहेको र काँग्रेस नै ठीक भन्न थालेको उनको भनाइ छ ।

    नेपाली कांग्रेसलाई सक्षम र प्रभावकारी पार्टी बनाउन आन्तरिक तयारी सुरु गरिसकेको उनले जानकारी दिए । उनले भने, ‘अब यो पार्टीलाई समृद्धिको अभियानमा, आर्थिक क्रान्तिमा फिट गर्नका लागि हामीले आन्तरिक रुपमा अभ्यास सुरु गरेका छौं ।’

    मकालु खबर bata

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…