• पथरी असोज १६
    मोरङको पथरीशनिश्चरे नगरपालिका १ सुनखरी खेलमैदानमा आगामी असोज २२ देखि २९ गते सम्म पथरीशनिश्चरे खुल्ला नक आउट फुटवल प्रतियोगिता हुने भएको छ ।
    यूवा पुस्तालाई खेल तर्फ आकर्षित गर्न, खेलकै माध्यमबाट यूवाहरुलाई लागुपदार्थ दुव्र्यसनिबाट टाढा राख्न र राष्ट्रिय स्तरको खेलाडि उत्पादन गरी राष्ट्रको खेलकुद बिकासमा थप टेवा पु¥याउने उद्धेश्यका साथ खेल प्रतियोगिता आयोजना गर्न लागिएको बताएको क्लवका अध्यक्ष मिलन राईले बताए ।
    प्रतियोगितामा पथरीशनिश्चरे नगरपालिका, व्यापारिक प्रतिष्ठानहरु, र अन्य संघसंस्थाहरु, सामुदायिक वन र देश तथा विदेशमा भएका सहयोगी मनहरुको सहयोगमा आयोजना गर्न लागिएको हो ।

    खेलमा प्रथम हुने ५१ हजार १ सय ११ दोस्रो हुनेले ३१ हजार १ सय ११ रुपैंया सहित ट्रफि मेडल र प्रमाण पत्र हात पार्ने आयोजकले बताएको छ । सो प्रतियोगितामा आयोजक सुनखरी युवा क्लव, लेटाङ फुटवल क्लव, धरान फुटवल क्लव,वेलावरी फुटवल क्वल, योसेक फुटवल क्लव, दमक फुटवल क्लव, र पथरी स्पोर्टिङ क्लव गरि ८ टिमको सहभागिता रहेने भएको छ भने उद्घाटन खेल आयोजक र लेटाङका विचमा हुने मंगलवार गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

    खेल सञ्चालनमा ५ लाख रुपैया वराबरको अनुमानित खर्च आउन सक्ने क्लवका खेल संयोजक समिति सदस्य विश्व राईले बताए । प्रतियोगिता भर उतकृष्ठ खेल प्रस्तुत गर्ने खेलाडिलाई प्रोत्साहन स्वारुप वेष्ट प्लेयर अफ दि टर्नामेन्ट विधामा नगद ५ हजार र टर्फिले पुरस्कारकृत गरि सम्मान गरिने भएको छ ।
    त्यसै गरि हाई स्कोरर,फेयर प्ले,उदयमान खेलाडी, वेष्ट गोल किपर,मिडफिल्ड गरि अन्य ५ विधामा उतकृष्ठ खेलाडी लाई पुरस्कृत गरीने खेल सह–संयोजक रोशन पराजुलिले बताए ।
    अवधिभर ५० हजार भन्दा बढि दर्शकले खेलको अवलोकन गर्ने आयोजकले जनाएको छ । पथरीशनिश्चरेको क्लबहरुमा कृयासिल र उत्कृष्ठ यस सुनाखरी यूवा क्लबले स्थापना काल देखि नै विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।

    असोज २२ गते देखि सञ्चालन हुने सो प्रतियोगितामा नगर खेलकुद विकाश समितिको तर्फवाट जस्तोसुकै सहयोग गर्ने प्रतिबद्घता जनाउदै विकास समितिका अध्यक्ष मनि लुम्फुवाले खुला नकआउट फुटवल प्रतियोगिता चाडै आउन लागेको तेस्रो पथरीशनिश्चरे गोल्डकपको पुर्वसन्ध्यामा आयोजना गरिएकोे लुम्फुवाले बताए
    आयोजक सुनाखरी युवा क्लबले आज पत्रकार सम्मेलन गरी सो खेल प्रतियोगिताको जानकारी दिएको हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…