• दमक, १७ असोज ।
    कलेजोको रोगबाट ग्रसित झापा दमक–१ की एक बिरामी महिलालाई प्रवासबाट तीन लाख भन्दा बढी रूपैयाँ सहयोग उपलब्ध भएको छ ।
    कलोजो रोगबाट पीडित याङवरक ४ की ३८ वर्षीया सुवित्रामाया योङहाङ (तामाङ) हाल दमकमा डेरा गरि बसेकी छन् । उनको उपचारार्थ पाँचथर याङवरक ६ स्थायी घर भई हाल युकेमा बसोबास गर्ने सरला योङहाङ (काम्बाङ) र होमित योङहाङको अगुवाइमा थर्पु समाज युकेबाट १ लाख ८ हजार ९ सय, महिला समूहको ५८ हजार ८ सय ७० अन्य दाताहरुबाट प्राप्त १ लाख ३७ हजार बढी सहयोग संकलन गरि पठाएको ३ लाख ५ हजार ३२० रूपैयाँ सहयोग रकम बुधबार बिरामी र उनका आफन्तलाई हस्तान्तरण गरिएको हो ।
    नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का सङ्घीय सचिव कमन देवानको नेतृत्वमा बिरामीको घरमै पुगेर सो सहयोग रकम हस्तान्तरण गरिएको हो । टोलीमा फोनिजका सङ्घीय पार्षदहरु विष्णु सुब्बा र डिकेश लामा, झापा जिल्ला उपाध्यक्ष देशराज नेम्बाङ लगायतको उपस्थिति रहेको थियो ।

    कलेजोको रोगबाट पीडित सुवित्रालाई हाल उनका बहिनी र भाइ देउकला र मुक्तिप्रसाद योङहाङले स्याहार सम्भार गरिरहेका छन् । केही दिन अघिसम्म काठमाडौंस्थित वीर अस्पतालमा करिब ३ महिना सघन उपचार गराएर घर फर्किएकी सुवित्राको ८ वर्षीया एक छोरी छिन् । उनका श्रीमान रामकुमार तामाङ भने ९ वर्षअघि नै वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका र सम्पर्क विहीन रहेको सुवित्राको भनाइ छ ।
    उनका अनुसार काठमाडौंमा उपचार गराउँदा साढे तीन लाख रूपैयाँ खर्च भएको थियो । तर, कलेजो प्रत्यारोपण असम्भव हुने र औषधिले मात्रै रोगको रोकथाम गर्नुपर्ने चिकित्सकहरुको सल्लाह अनुसार हाल सुवित्रा नियमित औषधि सेवन गरिरहेकी छिन् । आफू नाबालिका छोरीकै लागि भए पनि बाँच्न चाहेको भन्दै सुवित्राले उपचार सहयोगका लागि याचना गरेकी छन् ।
    यसैबीच मलेसियाबाट सूर्य योङहाङ, लक्ष्मीप्रकाश योङ्हाङ लगायतले मलेसियाबाट ८४ हजार सहयोग प्रदान गरेको र अन्य विभिन्न व्यक्ति र संघसंस्थाहरुले पनि सहयोग गरेको सुवित्राकी बहिनी देउकलाले बताइन् ।
    सहयोग रकम हस्तान्तरण गर्दै फोनिज सचिव देवानले सुवित्राको स्वास्थ्य लाभको कामना गरेका थिए । साथै उनले स्थानीयस्तरमा उपचारका लागि आवश्यक पहल गरिने बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…