काठमाडौं,१७ असोज । नेपाली कांग्रेसका पुर्वमहामन्त्री एबं पुर्व गृहमन्त्री, प्रभावशाली नेता स्वर्गीय खुमबहादुर खड्काका सुपुत्र अनुराग खड्काले राजनितिक सक्रियता बढाएकाछन् ।
खुमबहादुर खड्काकोे १३ औं दिनको पुण्र्यतिथिको अवसरमा अनुराग खड्काले बुवाको मार्गमा लाग्ने बताए लगत्तै सक्रिय अनुरागले राजनितिक भेटघाटलाई तिव्रता दिएका थिए ।
बेलायतको अध्यायन सके पछि आफु सक्रिय हुने घोषणा अनुरुप पछिल्लो समय फेरि दंगाली जनता र नेता कार्यकर्ताहरु विच रमाउन थालेकाछन् ।
उनको यो सक्रियतासँगै कांग्रेस कार्यकर्ता विच अनुरागको लोकप्रिय बढेको चर्चा हुन थालेको छ । केहि दिन अघि दांग पुगेका अनुरागले जिल्लाका विभिन्न स्थानहरुमा नेता तथा कार्यकर्ताहरुसँग भेटवार्ता गरेका थिए ।