• नवलपुर । नवलपुर जेसिजले सप्ताह व्यापी कार्यक्रम आज बुधबारबाट सुरु भएको छ ।जेसिज सप्ताहको अवसरमा नवलपुर जेसिजले आज बुधबार देखि असोज २३ गते सम्म बिभिन्न कार्यक्रमको आयोजना गरि जेसिज सप्ताह मनाउन लागेको हो । यसै अन्र्तगत आज अन्तर विद्यालय चित्रकला प्रतियोगिता कार्यक्रमको आयोजना गरि जेसिज सप्ताहको उद्घाटन गरिएको छ ।
    नवलपुर जेसिजका अध्यक्ष त्रिभुवन तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा नवलपुर शिक्षा विकास तथा समन्वय इकाइ नवलपुरका प्रमुख कृष्ण चन्द्र पोख्रेल प्रमुख अतिथी रहनु भएको थियो । नवलपुर क्षेत्रमा रहेका १२ वटा विद्यालयका २४ जना बिद्दार्थीले कार्यक्रममा सहभागिता जनाएका थिए । चित्रकला प्रतियोगिताको नतिजा भने जेसिज सप्ताहको समापनको दिनमा सार्वजनिक गरिने अध्यक्ष त्रिभुवन तिवारीले जानकारी दिनुभएको छ ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथी पोख्रेलले विद्यार्थी भित्र रहेको अन्तरनिहित प्रतिभालाई उजार गर्ने यस प्रकारको कार्यक्रम निकै महत्वपूर्ण हुने भन्दै यस प्रकारको कार्यक्रम शिक्षा कार्यलयले गनुपर्नेमा जेसिजले गरेकोमा धन्यवाद समेत प्रकट गर्नु भएको थियो । कार्यक्रम जेसिज बर्ष २०१३ का अध्यक्ष जेसी ओम प्रसाद पौडेल,आइपीपी केपी अर्याल,जेल्सी रामचन्द्र लामिछाने ,कार्यक्रमका मुल संयोजक बिष्णु भुसाल,कार्यक्रम संयोजक राधिका भुसाल लगायतको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन जेसिजका महासचिव विष्णु कडेंलले गर्नु भएको थियो ।










सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…