• मेचीनगर । झापा मेचीनगरको वडा नम्बर १ र ४ जोड्ने सुर्योदय मार्गको करिव ६ किलो मिटर सडकको स्तरोन्नति गर्ने काम पुरा भएको छ । मेचीनगर—४ का वडा अध्यक्ष नवीन वरालका अनुसार मेचीनगर—४ को हात्ती रिसोर्टदेखि वडा नम्बर—१ को सीमा भोर्लेनी शिवालय मन्दिरसम्म साढेतीन मिटर चौडाई भएको सडकको स्तरोन्नति गर्ने काम पुरा भएको हो ।
    वडाको इन्धन बजेटबाट ४ लाख ५० हजार रुपैयाँको लागतमा वडा अध्यक्ष वरालको सक्रियतामा वडावासीको श्रमदान तथा विभिन्न संघ संस्थाहरु, राजनीतिक दलहरुको सहयोगमा चार दिनमा उक्त कार्य सम्पन्न भएको हो वडा अध्यक्ष वरालले बताउनुभयो ।

    उहाँका अनुसार जुन कार्य सम्पन्न गर्न करिव ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको थियो तर वडा कार्यालयको अगुवाईमा स्थानीयहरुको सक्रियतामा उक्त सडक ५ लाख भन्दा कममा नै सम्पन्न भएको अध्यक्ष बरालले बताउनु भयो । सडक स्तरोन्नतिका लागि स्थानीयवासीले स्वतःस्फूतरुपमा श्रमदान समेत गरेको वडाध्यक्ष वरालले जानकारी दिनुभयो । नगरपालिकाले पनि ट्रिपर, जेसीभीलगायतका यान्त्रिक उपलब्ध गराएको थियो ।

    कार्य सम्पन्न गर्न वडा अध्यक्ष वरालले व्यक्तिगतरुपमा ७५ हजार रुपैयाँ बराबरको यान्त्रिक सहयोग गर्नुभएको थियो । यसैगरी अन्य व्यवसायीहरुले समेत एकलाख रुपैयाँभन्दा बढीको सहयोग गरेका थिए । बाटोको स्तरोन्नति भएपछि सवारी चालकदेखि सर्वसाधारणले समेत राहत महशुस गरेका छन् । पुरानो सीमावर्ती बजार बाहुनडाँगी जोड्ने सो बाटामो खाल्डाखुल्डीका कारण यात्रुहरुले समस्या व्यहोर्दै आएका थिए । बाटो स्तरोन्नति भएसँगै इलामको रोङ गाउँपालिकाको सलकपुर आवत जावत गर्न सजिलो भएको छ ।









सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…