काठमाडौं, १८ असोज । प्रधानमन्त्री केपी ओली स्वदेश फिर्ता भएका छन् ।
संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन अमेरिका गएका ओली बिहीबार स्वदेश फर्किएका हुन् ।
गत असोज ६ गते महासभा बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गदै प्रधानमन्त्री ओली न्युयोर्क प्रस्थान गरेका थिए ।
अमेरिकासँगै ओलीले कोस्टारिकाको पनि भ्रमण गरेका हुन् ।