• रूपेन्द्र शेर्मा
    उर्लाबारी, १८ असोज ।
    उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले द्वन्द्व पीडित परिवारको हितका लागि नगरपालिकाले सहयोग गर्ने बताएका छन् । तर, त्यसका लागि द्वन्द्व पीडित परिवारको सही तथ्याङ्क आवश्यक पर्ने उनको भनाई छ ।
    ‘आगामी नगरसभामा द्वन्द्व पीडित सम्बन्धी कार्यविधि पेश गर्छौ’, बुधबार उर्लाबारी–५ स्थित नेपाल बौद्ध गुम्बामा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले भने । द्वन्द्व पीडित परिवारको आय आर्जनका लागि सीपमुलक तालिम सञ्चालन गरिने उनले बताए ।
    कार्यक्रममा नगर प्रमुख फागोले सत्यतथ्य कुरा बुझेर मात्र समाचार लेख्न पत्रकारहरुलाई सुझाव दिए । पत्रकारहरुलाई राष्ट्रको चौंथो अंगको रुपमा स्वीकार गरिएको प्रसँग उल्लेख गर्दैै फागोले चौथो अंगको मर्म अनुरुप नै पत्रकारहरुले कलम चलाउनुपर्ने बताए ।
    द्वन्द्व पीडित साझा चौतारी नगर समिति उर्लाबारीका अध्यक्ष भिमबहादुर राउतको अध्यक्षतामा भएको सो कार्यक्रममा द्वन्द्व पीडित हेमन्त पौड्याल, तिलक थापा, कविता बराइली, देवी भट्टराईलगायतले मन्तब्य राखेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…