• उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाले राजमार्ग सरसफाई अभियान शुरु गरेको छ ।
    आज बाट शुरु भएको उत्त अभियान एक साताभित्रमा सकिने नगर प्रमुख खड्ग फागोले बताउनुभयो । अभियानको आज बिहान मावा पुल छेउबाट नगरप्रमुख फागोले ग्रास कटर मेशिनको प्रयोग गरी उद्घाटन गर्नुभयो ।
    नगरपालिका भित्र पर्ने राजमार्ग अन्तर्गत पुर्वको मावा पुल र पश्चिम तर्फ सुनझोडा पुलसम्म सरसफाई गरीने नगर प्रमुख फागोले बताउनुभयो । नजिकिदै गरेको चाडपर्वलाई समेत लक्षित गरी सरसफाई अभियान शुरु गरिएको हो । बिशेष गरी राजमार्गको उत्तर दक्षिण किनारामा रहेको झाडी हटाउने गरी काम शुरु भएको छ । उत्त क्षेत्रलाई लागुपदार्थ सेवन गर्नेहरुले आफ्नो सुरक्षित स्थान ठान्ने गरेको र त्यसको अन्त्यका लागी पनि राजमार्गको दुवै किनार सफा गर्ने अभियान शुरु गरीएको नगर प्रमुख फागोले बताउनुभयो ।
    आजबाट शुरु भएको सरसफाई कार्यक्रम एक साता भित्रमा सम्पन्न गरीसक्ने बताईएको छ । यस्तै उर्लाबारी नगरपालिका र ट्राफिक प्रहरी उर्लाबारीको सहकार्यमा राजमार्गका बिभिन्न स्थानमा मापदण्ड अनुरुप जेव्रा क्रसिङ निर्माणको काम पनि तत्काल शुरु गरीने नगरपालिकाले जनाएको छ । यअघि जुनसुकै स्थानमा जथाभावि रुपमा बनाइएका जेव्रा क्रसिङलाई बिस्थापित गर्दै मापदण्ड अनुसार नँया जेव्रा क्रसिङ बनाईने बताईएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…