असोज १८, विहिबार
ट्राफिक प्रहरी कार्यालय पथरी र कोशी ट्याक्टर व्यवसायी संघ पथरी शाखाको संयुक्त आयोजनामा ट्याक्टरहरुमा रिफ्लेक्टर स्टिकर टासिएको छ ।
सवारी र्दुघटना न्यूनिकरण गर्ने उद्देश्यले विहिबार पथरी ट्राफिक कार्यालय अगाडि ट्याक्टर चालक, ट्राफिक प्रहरी र ट्याक्टर सञ्चालकहरुले संयुक्त रुपमा स्किटर टाँसेका छन् । यसरी नै प्रदेश नं. १ भरी यो कार्यलाई निरन्तरता दिने बताउँदै ट्राफिक प्रहरी कार्यालय पथरी प्रमुख निरबहादुर विकले दुर्घटना न्यूनिकरण गर्न पथरीशनिश्चरेमा प्रथम पटक ट्याक्टरहरुमा रिफ्लेक्टर स्किटर टाँसिएको बताए । यो सुरुवाती अवस्था भएको बताउँदै अब उप्रान्त ट्याक्टर चालकहरुले अनिवार्य रुपमा जुत्ता लगाउनुपर्ने, स्टिकर टाँस गरिएको हुनुपर्ने र ट्राफिक नियम भित्र रही गाडी चलाउन अनुरोध गरेको छ । यदि यी नियमहरु उल्लंघन गरे ५ सयदेखि १५ सय सम्म जरिवाना गरिने असई निरबहादुर विकले बताए ।