• काठमाडौँ, असोज १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले भनेको कुरामा कुनै आपत्ति नभएको बताएका छन् ।

    अमेरिको १३ दिने औपचारिक भ्रमण सकाएर बिहिबार स्वदेश फर्केका प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारकर्मीसँग कुरा गर्दै माधव नेपालले भनको कुरामा कुनै आपत्ति नभएको बताएका हुन् ।

    प्रधानमन्त्री ओलीले नेता माधवकुमार नेपालको असन्तुष्टिलाई ठूलो बनाउन जरुरी नभएको बताए । उनले भने, ‘कवि मनले लयात्मक ढंगले केही भनिहाल्यो भने त्यसैलाई समातेर कुद्नु पर्ने छैन। पुराना गीत सम्झना हुनसक्छ ।’

    उनले सरकारले अहिलेसम्म कुनै खराब काम नगरेको दाबी गरेका छन् । ‘ याे सरकार ५ वर्ष चल्छ र अर्को चुनावपछि झन् बलियो भएर आउँछ’ उनले भने ।

    उनले भारत र चीन सँगको सम्बन्ध बेग्लै उचाइमा अगाडि बढाइएको जानकारी गराउँदै अमेरिका तथा कोष्टारिका भ्रमण नेपालको हित प्रवर्धनमा फलदायी भएको बताए ।

    उनले अमेरिका हुँदै कोस्टारिकाको भ्रमण समेत गरेका छन् । प्रधानमन्त्री ओलीले सान होजेमै शान्ति विश्वविद्यालयबाट प्रदान गरिएको मानार्थ विद्यावारिधिको उपाधि पनि ग्रहण गरेका थिए ।

    प्रधानमन्त्री ओलीसँग उनकी धर्मपत्नी राधिका, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, शिष्टाचार महापाल दीपक अधिकारी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी रहेका छन्।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…