• राजविराज : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वअर्थमन्त्री रामशरण महतले प्रेस स्वतन्त्रता भए मात्र देशको विकास हुने बताउनुभएको छ ।

    नेपाल प्रेस युनियन सप्तरीले आज छैटाँै जिल्ला अधिवेशनको उद्घाटन गर्दै उहाँले पत्रकारिताको महत्व भनेको प्रेस स्वतन्त्रता हो भन्दै प्रेस स्वतन्त्रता भएमा देशमा भोकमरी नहुने बताउनुभयो । प्रेसलाई कम्युनिष्ट सरकारले दबाउन खोजेको आरोप लगाउँदै बहुदलीय व्यवस्था ल्याउनका लागि राजनीतिक गरेका नेपाली काङ्ग्रेसले अहिले पनि जनताको हकहितमा स्वतन्त्रता खोजिरहेको उहाँले बताउनुभयो ।

    जनताको हकहितमा काङ्ग्रेसले सधैँ आहुति दिएको भन्दै जातीय विभेद् अन्त्य गर्नका लागि जनताको साथ हुनुपर्छ भन्नुभयो । उद्योगधन्दामा पनि काङ्ग्रेसले गाउँगाउँमा स्वास्थ्य, शिक्षा, बिजुलीको व्यवस्था, खानेपानी एवं स्वतन्त्ररुपमा हिँड्न र बोल्नका लागि ठूलो योगदान दिएको उहाँले बताउनुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…