• जनकपुरधाम : नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीले जनकपुर–जयनगर रेलमार्ग निर्माण कार्यलाई तीव्रता दिन आग्रह गर्नुभएको छ ।

    रेलमार्गको आज निरीक्षणपछि भारतीय राजदूत पुरीले रेलको चालक कक्षमा बसेर भारतीय राजदूतसहित भारतीय विदेश मन्त्रालयका अधिकारीको टोलीले आज जनकपुरदेखि वैदेही स्टेशनसम्म (करीब १० किलोमिटर) निर्माण कार्यको निरीक्षण गर्नुभयो ।

    निरीक्षणका क्रममा भारतीय राजदूत पुरीले रेलमार्गको निर्माणको बाँकी कार्य, भवन निर्माण, रंगरोगनको कार्य दु्रतगतिमा सम्पन्न गर्न आग्रह गर्नुभएको रेल विभागका इञ्जिनियर विनोद ओझाले जानकारी दिनुभयो ।

    रेल विभागले सन् २०१८ भित्र रेल सञ्चालनको लक्ष्य राखेको छ । रेलमार्गको निर्माण कार्य भारतीय इर्कन कम्पनीले गरिरहेको छ । पहिलो चरणमा जयनगरबाट जनकपुर हुँदै कुर्थासम्म रेल सञ्चालनको तयारी रहेको छ । चौँतीस किलोमिटरको जनकपुर–कुर्था खण्डमा १७ किलोमिटरसम्म सफल रेल परीक्षण भइसकेको जनाइएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…