• काठमाडौं, १९ असोज । नेकपाकी सांसद पम्फा भुसालले ठूलो मूल्य चुकाएर आएको संघीयताप्रति गम्भीर बन्न मुख्यसचिवलगायतलाई आग्रह गर्दै उच्च पदमा पुगेका कर्मचारीले सिंहदरबारमोह त्याग्न नसकेको बताइन् ।

    नेकपाका सांसद झपट रावलले सम्पत्ति शुद्धीकरण विभागका केही कर्मचारीले पैसावालहरूलाई विभागमा बोलाई थर्काएर पैसा असुल्ने गरेको बताए ।

    विकासको बाधक सार्वजनिक खरिद ऐन भएको भन्दै यसको संशोधन गर्नुपर्ने उनको भनाइ थियो । कर्मचारीले सरुवा–बढुवा पाउन चाडबाडमा महँगा रक्सी उपहार बोकेर ठूला कर्मचारी तथा नेताहरूकोमा पुग्ने गरेको आरोपसमेत सांसद रावलले लगाए ।

    नेकपाकै सांसद नवराज सिलवालले मुलुकले अपेक्षा गरेअनुसार जनताको बीचमा विकास निर्माणको काम हुन नसकेको भन्दै निर्णय नगर्ने तथा ढिलो निर्णय गर्ने प्रवृत्तिबाट सच्चिन मुख्यसचिव तथा सचिवहरूलाई सुझाब दिए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…