• उर्लाबारी/इटहरी उपमहानगरपालिका -२० तरहरा का युवा व्यवसायी शिशिर खड्काले उर्लाबारीस्थित नमूना बाल गृहमा सहयोग गरेका छन् । बिहीबार साँझ आमा गीता खड्काको सम्झनामा १ लाख ५५ हजार रुपैयाँ बराबरको सामग्री सहयोग गरेका हुन् ।
    खाद्यन्य, शैक्षिक सामाग्री, खेलकुद, लत्ताकपडा, जुत्ता, खसीलगायत सामान गृहका सचिब जीवन घिमिरेलाई खड्काले हस्तान्तरण गरेका छन् । २ बर्षअघि आफ्नी आमाको असोज २ गते निधन भएको थियो । उनकै सम्झना स्वरुपमा खड्काले नमूना बाल गृहका बालबालिकाहरुलाई सहयोग गरेका हुन् । सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै आफूले आमा गुमाउनु पर्दाको अत्यन्तै पीडा भएको र त्यसैको सम्झना स्वरुप बालबालिकाहरुलाई सहयोग गरेको उनले बताए । गरिब तथा विपन्न समूदायका लागि आफूले सकेको सहयोग गर्ने बताउँदै बाल गृहको विकासमा पनि आगामी दिनको सहयोग जारी राख्ने बताए ।

    ‘गृहका बालबालिकाको जिविकोपार्जनका लागि दिगो आय स्रोत नभएका कारण सहयोगीदाताकै भरमा चलिरहेको पाए’ उनले भने–‘यो बाल गृह सबैको हो, हामी सबै मिलेर सहयोग गर्नु पर्दछ ।’ ‘आफ्नै भाईबहिनीहरु पाए जस्तै महशुस भयो’ उनले मन्तब्यको क्रममा भावुक बन्दै भने । कार्यक्रममा सञ्चार क्लब नेपालका अध्यक्ष सरोज बस्नेत, उर्लाबारी क्लबका अध्यक्ष दिनेश श्रेष्ठ, उर्लाबारी युवा क्लबका अध्यक्ष घनश्याम भण्डारी, न्यानो अभियान नेपालका सल्लाहकार ज्ञानु योञ्जन, मिस टिन उर्लाबारी निरुमा थापालगायतको सहभागिता रहेको थियो । बालगृहका सचिब जीवन घिमिरेले आफ्नो आमाको स्मृतिमा छोरा शिशिर खड्काले सामाजिक कार्य गर्दै आएकोमा धन्यवाद ज्ञापन गरेका छन् । बाल गृहमा ४७ जना बालबालिकाहरु आश्रित रहेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…