• विराटनगर । ग्राहकको प्राय भिड देखिरहने मुख्य बजार क्षेत्रमा संचालनमा आएको साकेत र ग्यालेक्सी पशलले दिनदहाडै सर्वसाधारणलाई दोहन गरेको भेटिएको छ ।
    सुपथ मूल्य भन्दै ७ गुणा बढी रकम लिएर ठगी गरेको जिल्ला प्रशासन मोरङले विहिवार गरेको अनुगमनका क्रममा भेटिएको हो । नाम चलेका यी दुवै पशलले जुत्ता , चप्पल , पेन्ट सर्टको विक्रीमा अत्याधिक मुनाफा लिएर विक्री गरेको पाइएको हो । चाडवाडको मुखमा अत्याधिक मुनाफा लिने दुवै पशललाई कडा कार्वाही गर्नुपर्ने माग उपभोक्ताहरूको छ ।
    ग्यालेक्सीले ५ सय पर्ने जुत्ता ४६ सयमा बेचेको पाइएको छ भने साकेतले ४ सय ८२ को जिन्स पेन्ट १५ सय ६५मा बेचेको पाइएको हो ।
    साकेत र ग्यालेक्सी दुवै फिक्स मूल्यका पसल हुन् । जहाँ कस्मेटीक्सदेखि जुताचपप्पल, ब्याग, कपडा लगायतका सामाग्रीहरु विक्री हुन्छ ।
    यस्तै विराटनगरको १२ मा रहेको गोल्छा डेरी उद्योगले इजाजतमा दिएको भन्दा अन्य स्थानमा डेरी उद्योग संचालन गरेको भेट्टिएको छ । साइनबोर्ड नभएको, आवश्यक कागजपत्र नपाएकाले ३ दिनभित्र वाणिज्य कार्यालयमा आवश्यक कागजपत्रसहित उपस्थितीका लागि निर्देशन दिइएको छ । यस्तै अतिथी सदन छेउको बिकानेर मिठाई उद्योगको पनि अनुगमन गरिएको छ । सन्तोषजनक सरसफाई नपाइएको र गुणस्तरमा पनि कमी रहेको आशंकाले मिठाइ लगायतको उत्पादन सामाग्री परिक्षणमा पठाइएको छ । सनसरीमाई स्थान छेउमा रहेको गोपाल किराना स्टोर पनि अनुगमन गरिएको छ । अनुगमनलाई निरन्तरता दिने टोलीले जनाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…