उर्लाबारी । मोरङको उर्लाबारीमा एक अजिङ्गर सर्प मृग निक्दै गरेको अबस्थामा फेला परेको छ । उर्लाबारीको बेतेनी सिमसारमा फेला परेको अजिंङ्गरले मृग निलेर पुन बाहिर निकाले थियो । सो घटना हेर्न स्थानीयको घुईचो लागेको थियो । सालबारी सामुदायिक बनले सो अजिंगर राखेको छ । प्रेम बिष्टले सो अजिंङ्गरलाई समातेर बनलाई जिम्मा लगाउनुभएको हो । अजिंङगरले ठुला ठुला जिवहरु निल्छ भनेको सुनेको थिए, तर प्रत्यक्ष रुपमा देख्न पाईयो, स्थानीय भिष्म बुढाथोकीले भने । उनका अनुसार सिमसारमा बिभिन्न प्रजातिका जनवारहरु पाईन्छ ।